काठमाडौ । लोकप्रिय सञ्चारकर्मी, गायक, सर्जक तथा अभिनेता राज कुमार रायमाझीले गरिव दुखीसँगै आफ्नो जन्मदिन मनाएकाछन ।
पशुपतिनाथ मन्दिरमा जय महाकाल युवा समुहद्वारा संचालित भोकलाई भोजन प्यासीलाई पानी अभियान चलाएको कार्यक्रममा रायमाझीले चामल, मस्र्यौरा, तरकारी प्रदान गरेर आफ्नो जन्म दिन मनाएका हुन ।
जय महाकाल युवा समुहले हरेक दिन करिब एक सय जना भन्दा बढि अत्यन्तै पीडितहरुलाई बिहान र बेलुकी खाना खुवाउदै आइरहेको आज ११९९ औं दिनमा राजकुमार रायमाझीले त्यही पुगेर आफ्नो जन्मदिनमा पुन्यको काममा जोडिएर फरक तरिकाले जन्म दिन मनाए ।
राजकुमार रायमाझीको जन्मदिनमा डा.निकोलस भुसाल जय महाकाल युवा समुह सह संयोजक बिपिन क्षेत्री रायमाझीका छोरा प्रशान्त रायमाझी पत्रकार प्रकाश बराइली अभिव्यक्तिको उपस्थित रहेको थियो ।
श्री मृगौला पिडित सरोकार समाज नेपाल, केन्द्रीय समितिका महासचिव, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सह सचिव समेत रहेका राजकुमार रायमाझीे रेडियो एन आर एनमा दैनिक लोक श्रृजना, मनास्लु टेलिभिजनबाट प्रशारण हुने सांगीतिक बहसको प्रस्तोता हुन भने उनको शब्द, संगीत र स्वरमा ४ दर्जन भन्दा बढि गीत रेकर्ड गराइसकेकाछन ।