काठमाडौं । गायिका रोशनी पन्तको स्वर, लयमा मौलिक तीज गीत ‘छोरीका वेदना’ सार्वजनिक भएको छ । गीतकार बसन्तराज पन्तको शब्द सिर्जना रहेको गीत ‘छोरीका वेदना’ लाई विनाेद बाजुरालीकाेले संगीत संयोजन गरेका छन् ।
‘छोरीका वेदना’मा बाआमा, दाजुभाइ र वरपरका खेतबारी, वनजंगल र मेलापातको सम्झना एवं एउटा महिलाको विभिन्न रुप भएर भोग्नुपरेको पीडालाई पनि गीतमा उतारिएको छ ।
छोरीले घरमा भोग्नुपरेका समस्याहरु समेटिएको तीज गीत छोरीकाे वेदना गीतको छायांकन धौलागिरीकाे विभिन्न धार्मिक तथा पर्यटकीय ठाँउमा गरिएको छ ।
भिडियोमा रवि कार्की, आर.सी पौडेल, कल्पना बोहरा, पुजा कार्की शर्मा, सन्दिप बस्याल, प्रेम किशान, बशन्त बास्तोला शोभा रिमाल, ज्योति परियार, ज्ञानु शर्मा, दिपेश पोख्रेल, लक्ष्मण विश्कर्मा, देवि सुनाम लगायत कलाकारको अभिनय अर्जुन थापाकाे निर्देशन कमलकाे क्यामेरा तथा सम्पादन रहेको छ ।
। गीतको भिडियो गायिका राेशनी पन्तको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।