आज,पितृ दिवस,“पितृ देवो भव” संस्कृति
कुशे औंसी, बाउको मुख हेर्ने तिथि
मेरा बुबाको मुसुक्क मुस्कुराएको मुहाराकृति,
उहाँको शान्त, सौम्य, सम्यक, शालीन उपस्थिति
र हामीले साझा गरेका सबै सुन्दरतर प्रकृति
अविस्मरणीय सम्झनाहरू झलझल्ति
सम्झँदा, म अलिक भावुक भावनाहरूले भरिएको छु ।
प्रीय बुबा, वर्षहरू बित्दै जाँदा,
तपाईंका पदचिन्हहरुले मलाई जीवनका परीक्षाहरू,
विजयहरूमार्फत माया र मार्गदर्शन गरिरहनुभएको
छ भन्ने थाहा पाउँदा म सान्त्वना पाउँछु ।
समय बित्दै जाँदा म पनि बिस्तारै
वयोवृद्ध बूढो हुँदै गएको कम्पन महसुस गरिरहेछु ।
तर दिन, महिना, वर्ष बित्दै जाँदा,
म मेरो दिवंगत बुबालाई सम्मान गर्न
र उहाँको, मेरो जीवनमा गहिरो प्रभाव पार्न
आज, एक दिन लिन चाहन्छु पितृ उत्सव मनाउन चाहान्छु !
मेरो बुबा, तपाईं एक गुरु, एक साथि अनि महारथी
उज्यालो मार्ग निर्देशक जस्तै हुनुहुन्थ्यो,
हावाहुरी र आँधीमा समेत अथक अभ्यासरत
विषमताहरु बीचबाटै, आफ्नो भावी आशा र सपना कुँदेर,
अविचलित, मेरो पालनपोषणका हरेक रेखदेखलाई
सावधानीपूर्वक सहस्रौं संकटहरुबाट पार लाउनुहुन्थ्यो ।
यद्यपि तपाईं, अब यस पृथ्वीमा हामीसँग सशरिर हुनुहुन्न
तर मेरो हृदयमा अनन्त रहनुहुन्छ ।
बुबा, म तपाईंको वंशज, प्रतिकृति, पहिचान भएकोमा गर्व गर्छु
तपाईंको निस्वार्थ योग्दान अनि समर्पण अतुलनीय थियो ।
तपाईंले ममा सिकाएका अनगिन्ती मूल्यवान् पाठहरू
आत्मसम्मान, स्वाभिमान र संघर्षका दिग्दर्शनहरु
कठोर शासनभित्रको स्निग्ध कोमल दुरदर्शी मनहरु
आँट, भरोसा र विश्वासहरुको लागि धन्यवाद,
म सधैं आभारी र गौरवान्वित छु ।
“पितृ देवो भव” सत्कार, संस्कार अनि इतिहासले
कहिलै नओइलाउने तपाईंको सजीव आत्माको अमरताले
मलाई अगम्य तर निर्विवाद रूपमा स्पर्श गरेर
वंशाणु स्पन्दनहरुमा-व्रह्माण्डीय तरङ्गहरुमा तरङ्गित छ ।
आज, विशेष पितृ दिवस दिन,
म तपाईंको जीवन तपाईंको विरासत,अर्तिउपदेश र ज्ञान
हामीले साझा गरेका समय र स्वर्णिम सम्झनाहरू मनाउदै छु ।
त्यसैले, प्रिय बुबा, यो शुभ दिनमा,
तपाईं बुबाको सम्मानमा, यस पावन अवसरमा
स्वर्गमा बस्नुहुने तपाईं मेरा दिवंगत बुबाआमा, बाजेबोजु,
जिजुबाजेबोजुहरु, सम्पूर्ण पूज्यपितृहरुप्रति हार्दिक नमन,
श्रद्धासुमन एवम् भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
बुबा, तपाईंको अनुपस्थितिले
कहिलेकाहीँ दुःखदायी पीडा पनि ल्याउछ
तथापि आशु पुच्दै तपाईंको अनुपस्थितिमा,
त्रुटिहरु सच्याउदै, मैले साहस र लचिलोपनकासाथ
मैले निर्विघ्न, विनम्र, सहज र सरलताकासाथ
जीवनका चुनौतीहरूको सामना गर्न सिकेको छु ।
एवंरितले यो अटल पितृप्रेम,अग्रज र पूर्वजप्रति कृतज्ञताको
गहिरो गौरवान्वित भावनाको साथमा
निश्चिन्त सबै सहन सक्ने पक्का परिपक्व हुँदै गएको छु ।
वर्तमान होस् या विगत सबै बुवाहरूमा,
म यस शुभ दिनको हार्दिक शुभ मंगलकामना व्यक्त गर्दछु ।
कसैको जीवनमा आमाबुवा, दाजुभाइ दिदीबहिनी,
उज्यालो मार्गदर्शकको मायालु भूमिका निर्वाह गर्ने सबैलाई
शुभ बुबा दिवसको शुभकामना !
आज, हामी बुबा र उहाँहरूका छोराछोरीहरूद्वारा
साझा गरिएको सुन्दरतम् अपूर्व बन्धनलाई सम्मान गर्दछौं,
एउटा बन्धन जसले सबै समस्यामय समुन्द्रको सीमानाहरू पार गर्छ
र हामी सबैलाई एकताबद्ध गर्दछ।
आफ्नो अनुभव र अनुग्रह, बुद्धि र विवेकले
अविरल बिनाशर्त रचनात्मक सहयोगले
हाम्रो जीवनलाई अंगाल्ने, ताते गराउदै औला पक्रेर डोर्याउने
हाम्रा बुबा, हजुरबुबा, काका र सबै बुबाको व्यक्तित्वहरूको
कदर गर्न उत्सवपूर्ण एक दिवस मनाउँ र मनाऔं ।
उहाँहरु थिए र नै हामीहरु छौ, उहाँहरुकै काराण हामीहरु हौं ।
उहाँहरूको प्रभाव हामीभित्र र हाम्रा सन्ततिभित्र
समेत पुस्तौपुस्ता सधै सधै सुम्धुर प्रतिध्वनित गरिरहोस्,
हामीलाई सार्थक व्यक्तिहरूमा आकर्षक आकार दिईरहोस् ।
प्रिय बुबा, तपाईको पार्थिव प्रस्थानले छोडेको शून्यताको बावजुद,
म तपाईको सम्झनालाई सम्मान गर्ने
जीवन जिउने अवसरलाई अँगालेको छु ।
म मेरो परिवार र समाजप्रतिको तपाईंको
अटल समर्पणको अनुकरण गर्ने सधै प्रयास गर्छु, गरिरहेछु ।
आज, हामी एक विश्वव्यापी परिवारको रूपमा सँगै खडा छौं,
हामी को हौं भनेर चिनाउन मद्दत गर्ने विलक्षण अद्भुत
अद्वितीय मानिसहरुका मूल्य र मान्यताहरुलाई स्मरण गर्दै,
नजिक र टाढा संसारभरिका सबै अद्वितीय आदर्श बुबाहरूलाई
ह्याप्पी फादर्स डे-पितृदिवसको सर्वत्र सहर्ष हार्दिक शुभेच्छा !
प्रिय बुबा मेरो नायक, तपाईं मेरो निरन्तर प्रेरणाको श्रोत,
आज र सधैं बुबाको महानता र आमाको ममताकासाथ
सन्तुलित सुपोषितपलहरु संगसंगै आशीर्वाद वर्षाइरहनुहोस् !
तपाईं दिवंगत आत्माहरू असीम आनन्दकासाथ,
स्वर्गीय आकाशमा प्रकाशपूञ्ज भै चम्किरहनुहोस्,
जसले हाम्रो जीवनमा आयू थपे, हामीलाई पालनपोषण गरे,
बाचुञ्जेल हामीलाई माया र संरक्षण गरे, सकुञ्जेल सधैं हेरचाह गरे ।
सगौरव हामी कृतज्ञ भएर तपाईंको प्रेमको सम्मान गर्छौं गरिरहन्छौं,
हरेक पितृ दिवसको कामना गर्दै सबैमा ! पुन पितृ दिवसको शुभकामना !
-विआर गुरुं ज्योतिर्मय wwbrg@gmail.com