काठमाडौं । पछिल्लो नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।
सोही क्रममा ७० बर्षिकि आमा साधना पराजुलीको नयाँ पृथक खालको गीत “पानी माथी” सार्वजनिक भएको छ । यस गीतमा बहुप्रतिभाशाली गायक, संगीतकार, एरेन्जर लक्षु प्रकाश मल्ल, नेपालकै पहिलो दोहोरी साँझ सञ्चालिका लोकप्रिय गायिका देवी हमाल र ७० बर्षिकि आमा समाजसेवी साधना पराजुलीको स्वर रहेको छ भने समाजसे साधना पराजुलीको शब्द, संगीत रहेको छ ।
लक्षु प्रकाश मल्लको संगीत संयोजन, मनोज डंगोलको रेकडिङ तथा मिक्सिङ गरेको “पानी माथी” गीतमा बिष्णु न्यौपानेको छायांकन, रोसन धितालको सम्पादन र मनिष श्रेष्ठको निर्देशन रहेको छ ।