अलविदा ठाडो भाका’का मुर्धन्य ब्यक्ति भेडीखर्के साइँला दीर्घराज अधिकारी

राष्ट्र र लोक कलाको क्षेत्रमा अपुरणिय क्षति

  मन बहादुर पुन  1145 पटक हेरिएको

२६ भदौ । बहुचर्चित तर, लोपोन्मुख ‘ठाडो भाका’ का एकमात्र मुर्धन्य ब्यक्ति भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीको दुख्द निधन भएको छ ।

ठाडोभाका सम्राट/शिरोमणी ८४ बर्षीय गायक भेडीखर्के साइँला एक महिनायता विरामी पर्नुभएको थियो । उहाँको सोमाबार दिउँसो सभा ५ बजेतिर निधन भएको सुन्दरबजारस्थित सयपत्री माविका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले मनास्लु पोष्टलाई जानकारी दिनुभयो ।
स्वर्गिय भेडीखर्के मध्य साउनदेखि विरामी पर्नुभएको हो । घरायसी आर्थिक समस्याले राम्रो उपचार पाउन सक्नुभएको थिएन् ।
उहाँको पार्थिव शरिरलाई भोली मात्रै अन्त्येष्टी गर्ने बताइएको छ ।

भेडीखर्केका १ छोरा र ३ छोरी छन् । घरमा छोरा भएपनि उहाँले वास्ता नगर्ने गरेको स्थानीयको भनाई छ । भेडीखर्केका ज्वाइँ शम्सेर लौडारीका अनुसार एक सातादेखि उहाँले खाना खानुभएको थिएन् । पानी पनि दिनमा मुस्किलले एक कप खाने गरेको उहाँले बताउनुभयो । जति औषधी गरेपनि निको नहुने लौडारीको भनाई छ ।
लमजुङको तत्कालिन सिन्दुरे गाविस वडा नम्बर ७, तुर्लङकोटमा वि.सं. १९९० भदौ ३१ गते बाबु बलभद्र अधिकारी र आमा नन्दकुमारीको कोखबाट जन्मनुभएका अधिकारीले १२ बर्षको उमेरदेखि अहिलेको ८४ बर्षको उमेरसम्म ठाडो भाका गाउँदै आउनुभएको थियो । उहाँका दर्जन बढी गीतहरु रेकर्ड भएका छन् ।

पहिले देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङले यस भाका प्रचलनमा ल्याएपनि देश विदेश फैलाउने काम भेडीखर्के साइँलाले गर्नुभएको थियो । २० बर्षअघिसम्म भक्तिमाया दुरासंग विभिन्न कार्यक्रममा ठाडो भाकामा रातदिन छर्लंगै हुने गरि गाउने उहाँले सवै सहयात्रीलाई गुमाएपछि पछिल्लो समय बन्दीपुरकी उत्तम गुरुङसंग ठाडोभाका गीत गाउँदै आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार