प्रधानमन्त्री देउवाले आचार संहिता लत्याउँदै औपचारिक कार्यक्रममै मागे कांग्रेसलाई भोट

  मनास्लु पोष्ट  573 पटक हेरिएको

राजविराज । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचार संहिता लत्याउँदै औपचारिक कार्यक्रममै नेपाली कांग्रेसलाई भोट माग्नुभएको छ । सप्तरीमा भएको चुनावी सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले नेपाली कांग्रेसलाई विजयी गराउन जनतामाझ आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिती सप्तरीले राजविराजमा मंगलबार गरेको चुनावी सभालाई सम्वोधन गर्दै कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसबाहेक मधेसको मुद्दा सम्वोधन गर्ने कुनै अर्को पार्टी नरहेको दावी गर्नुभयो ।

प्रधानमन्त्री देउवाले मधेसमा देखिएका वेरोजगारी, गरिबी लगायतका समस्या हटाउन स्थानीय तहको चुनावमा कांग्रेसलाई विजयी गराउनु आवश्यक रहेकाले एकजुट भई रुख छापमा भोट हाल्न जिल्लावासीमा आह्वान समेत गर्नुभयो ।

सभालाई सम्वोधन गर्दै पूर्व गृहमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य विमलेन्द्र निधीले महिला, दलित, जनजाति, मुस्लिम लगायका उत्पिडित वर्गका हकमा लड्ने एक मात्र कांग्रेस रहेकोले जिल्लाको १८ वटै स्थानीय तहमा विजयी गराउन आह्वान गर्नुभयो ।

उहाँले लोकतन्त्र, संघियता, समाजवाद, समावेशिता तथा राष्ट्रियताका लागि लड्ने पार्टी कांग्रेस नै रहेको बताउनुभयो । निधीले मधेसको मुद्दा सम्बोधन गर्न आफुहरुले संविधान संशोधन प्रक्रिया अघि बढाएपनि नेकपा एमालेले षड्यन्त्रपूर्वक राप्रपालाई विगार्ने काम गरेको आरोप समेत लगाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार