राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने सम्पूर्ण दायित्व निर्वाचन आयोगको काँधमा (यस्ताे बन्दै छ एेन)

  मनास्लु पोष्ट  730 पटक हेरिएको

 

काठमाडौ २९ भदौ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि निर्वाचन आयोगले गराउने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा बनेको व्यवस्था गर्न बनेको बिधयेक आज संसदमा दर्ता भएको हो । दर्ता भएको विधयेक अनुसार अब देखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने सम्पूर्ण दायित्व निर्वाचन आयोगको काँधमा आएको हो ।
यसअघि दुई पटक भएको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन व्यवस्थापिका संसदबाट भएको थियो । राष्ट्रपति र उपराष्ट्रपतिको पद रिक्त भएमा एक महिना भित्र र कार्यकाल पुरा हुनुभन्दा १ महिना पहिलानै निर्वाचन गर्नुपर्ने दायित्व पनि निर्वाचन आयोगलाई दिइएको छ ।

अब नयाँ राष्ट्रपति चुन्न निर्वाचन प्रयोजनको लागि सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डल रहने छन् । जस अनुसार नेपालको अब बन्ने संघिय सभा र प्रदेश सभा गरि ४ सय ९५ जनाले राष्ट्रपति चयन गर्न मतदान गर्ने छन् ।

 

तर राष्ट्रिय सभाका सांसदले भने मतदान गर्न पाउने छैनन् । अब बन्ने राष्ट्रिय सभा सात प्रदेशबाट ८ जनाका दरले ५६ र ३ जना राष्ट्रपतिले मनोनित गर्ने गरि ५९ सदस्यीय हुने छ ।

 

परिच्छेद–२
सदस्यको निर्वाचन तथा निर्वाचन कार्यक्रम

 

 सदस्यको निर्वाचन :  संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित हुने सदस्यको निर्वाचनको लागि प्रत्येक प्रदेशमा गठन हुने निर्वाचक मण्डलले गोप्य मतदानद्वारा प्रत्येक प्रदेशबाट देहाय बमोजिम आठ जना सदस्य निर्वाचित गर्नेछ :–
(क) महिला सदस्यको लागि दिइने एक एक मतको आधारमा सबै भन्दा बढी मत ल्याउने तीन जना,
(ख) दलित सदस्यको लागि दिइने एक मतको आधारमा सबै भन्दा बढी मत ल्याउने एक जना,
(ग) अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यको लागि दिइने एक मतको आधारमा सबै भन्दा बढी मत ल्याउने एक जना, (घ) खण्ड (क), (ख) र (ग) बाहेकका अन्य सदस्यको लागि दिइने एक एक मतको आधारमा सबै भन्दा बढी मत ल्याउने तीन जना ।

 

 निर्वाचक मण्डल : (१) निर्वाचन प्रयोजनको लागि प्रत्येक प्रदेशमा देहायका मतदाता रहेको एक निर्वाचक मण्डल रहनेछ ः–
(क) प्रदेश सभाका सदस्य,
(ख) गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश सभाको कुनै सदस्य, कुनै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखको निर्वाचन हुन नसकेको वा कुनै पद रिक्त भएको कारणले मात्र निर्वाचक मण्डल गठन गर्न बाधा पुग्ने छैन ।
(३) उपदफा (१) को प्रयोजनको लागि आयोगले निर्वाचक मण्डलमा तत्काल कायम रहेको मतदाताको नाम समावेश गरी तोकिए बमोजिम मतदाता नामावली तयार गरी प्रकाशन गर्नेछ ।
छ। निर्वाचनको मिति तोक्ने ः (१) नेपाल सरकारले निर्वाचनको मिति तोक्नेछ ।
तर निर्वाचनको मिति तोक्नु भन्दा अघि नेपाल सरकारले आयोगको परामर्श लिनु पर्नेछ ।
(२) यस दफा बमोजिम निर्वाचनको मिति तोकेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
निर्वाचन कार्यक्रमको सूचना : (१) दफा ५ बमोजिम निर्वाचनको मिति तोकिएको सूचना प्रकाशित भएपछि आयोगले निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निर्वाचन कार्यक्रममा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएकोे उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजूरी दिने, मनोनयनपत्र जाँच गर्ने, मनोनयन भएकोे उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मतदान गर्ने मिति, समय र स्थान उल्लेख गर्नु पर्नेछ ।
(३) यस दफा बमोजिमको निर्वाचन कार्यक्रम नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
(४) उपदफा (१) बमोजिम आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रम बमोजिमको सूचना सम्बन्धित निर्वाचन अधिकृतले निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।

परिच्छेद–३
निर्वाचन अधिकृत, मतदान अधिकृत र अन्य कर्मचारी

निर्वाचन अधिकृतको नियुक्ति :  संविधान, यस ऐन तथा सङ्घीय कानून बमोजिम निर्वाचनमा सम्पादन गर्नुपर्ने काम गर्न वा गराउनका लागि प्रत्येक प्रदेशमा आयोगले न्याय परिषद्को परामर्शमा एक जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।
निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार : (१) आयोगको निर्देशनको अधीनमा रही आफुलाई तोकिएको निर्वाचन क्षेत्रमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन गर्नु, गराउनु निर्वाचन अधिकृतको कर्तव्य हुनेछ ।
(२) निर्वाचन अधिकृतले निर्वाचनको काम गर्न खटाएको कर्मचारीलाई आवश्यकता अनुसार आफ्नोे अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।
तर मनोनयनपत्र जाँच्ने, मनोनयन पत्र सदर वा बदर गर्ने र मतगणनाको अन्तिम परिणाम घोषणा गर्ने अधिकार प्रत्यायोजन गर्न सकिने छैन ।
(३) निर्वाचन अधिकृतले नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीलाई निर्वाचन सम्बन्धी कुनै काममा खटाउन वा लगाउन सक्नेछ ।
(४) निर्वाचन अधिकृतको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
 सहायक निर्वाचन अधिकृत र अन्य कर्मचारीको नियुक्ति : (१) निर्वाचन अधिकृतले आयोगले तोके बमोजिमको सङ्ख्यामा सहायक निर्वाचन अधिकृत र अन्य कर्मचारीहरु नियुक्त गर्न सक्नेछ ।
(२) निर्वाचन अधिकृतको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रही निर्वाचन सम्बन्धी काम गर्नु सहायक निर्वाचन अधिकृत र अन्य कर्मचारीहरुको कर्तव्य हुनेछ ।

मतदान अधिकृतको नियुक्ति : (१) निर्वाचन अधिकृतले नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीलाई मतदान अधिकृतमा नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त मतदान अधिकृतले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको आदेशले तोके बमोजिमको मतदान गराउने सम्बन्धी सम्पूर्ण काम स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गराउनु पर्नेछ ।
(३) मतदान अधिकृतको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

परिच्छेद–४
उम्मेदवार तथा मनोनयनपत्र

उम्मेदवारको योग्यता : निर्वाचनमा उम्मेदवार हुन कुनै पनि व्यक्तिले देहायको योग्यता पूरा गरेको हुनु पर्नेछः–
(क) नेपालको नागरिक,
(ख) पैंतीस वर्ष उमेर पूरा भएकोे,
(ग) कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको,
(घ) कुनै सङ्घीय कानूनले अयोग्य नभएको,
(ङ) कुनै लाभको पदमा बहाल नरहेको ।
स्पष्टीकरण : खण्ड (ङ) को प्रयोजनको लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ ।
ज्ञद्द। उम्मेदवारको अयोग्यता : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिनेछ :
(क) दफा ११ बमोजिमको योग्यता नभएको,
(ख) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको,
(ग) निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,
(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम भएको,
(ङ) सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तब्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
(च) जातीय भेदभाव तथा छुवाछुत, बोक्सा बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,
(छ) खण्ड (घ) र (ङ) मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
(ज) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर,
(झ) कैदमा बसेकोमा कैद बसेको अवधिभर,
(ञ) मानसिक सन्तुलन ठीक नभएको ।
ज्ञघ। उम्मेदवारको अयोग्यता सम्बन्धी निर्णय गर्ने ः (१) सदस्यको लागि उम्मेदवारीको मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भई नसकेको अवस्थामा कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने कसैलाई लागेमा सो विषयमा स्पष्ट प्रमाण सहित सम्बन्धित निर्वाचन अधिकृत मार्पmत आयोग समक्ष उजूरी दिन सकिनेछ ।
(२) उपदफा (१) बमोजिम उजूरी प्राप्त भएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारलाई सात दिनको म्याद दिई त्यस सम्बन्धमा स्पष्टीकरण माग गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम स्पष्टीकरण प्राप्त भएपछि वा म्यादभित्र स्पष्टीकरण प्राप्त नभएमा सोही व्यहोरा उल्लेख गरी निर्वाचन अधिकृतले उपदफा (१) बमोजिम परेको उजूरी र तत्सम्बन्धी कागजात यथाशीघ्र आयोगमा पठाउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम उजूरी सहितका कागजात प्राप्त भएपछि आयोगले चाहेमा सो विषयमा सम्बन्धित उम्मेदवारसँग बुझ्न वा थप प्रमाण माग गर्न सक्नेछ ।
(५) आयोगले उपदफा (३) बमोजिम निर्वाचन अधिकृतबाट प्राप्त उजुरी सहितका कागजात जाँचबुझ गरी उजूरी प्राप्त भएको मितिले सात दिनभित्र उम्मेदवारको अयोग्यता सम्बन्धमा निर्णय गरिसक्नु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम उम्मेदवारको अयोग्यता सम्बन्धमा निर्णय गर्दा अपनाउनु पर्ने कार्यविधि आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले कुनै उम्मेदवारको अयोग्यताका सम्बन्धमा यस दफा बमोजिम निर्णय गरी नसकेको कारणबाट मात्र त्यस्तो निर्वाचनको काम कारबाहीमा कुनै असर पर्ने छैन ।

पद मुक्त हुने : (१) सदस्यको पदमा निर्वाचित कुनै व्यक्ति दफा १२ बमोजिम अयोग्य रहेको अदालतबाट ठहर भएमा निज त्यस्तो पदबाट मुक्त हुनेछ ।
(२) उपदफा (१) बमोजिम पद मुक्त भएको जानकारी आयोगले सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।
(३) कुनै सदस्यको पदमा निर्वाचित व्यक्तिको अयोग्यता सम्बन्धमा अदालतमा उजुरी दिने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(४) उपदफा (१) बमोजिम सदस्य पदमुक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
ज्ञछ। उम्मेदवारको उमेरको गणना ः निर्वाचनमा उम्मेदवार हुनको लागि उम्मेदवारको उमेरको गणना गर्दा मनोनयनपत्र दर्ता गर्ने मितिसम्म पैंतीस वर्ष उमेर पूरा गरेको हुनु पर्नेछ ।
ज्ञट। उम्मेदवारको मनोनयन ः (१) दफा १२ बमोजिम अयोग्यता नभएको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन वा त्यस्तो व्यक्तिलाई उम्मेदवार मनोनयन गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम उम्मेदवारी दाखिला वा मनोनयन गर्दा एकजना प्रस्तावक र एकजना समर्थक हुनु पर्नेछ । त्यस्तो प्रस्तावक र समर्थक दफा ४ को उपदफा (३) बमोजिमको मतदाता नामावलीमा नाम दर्ता भएकोे व्यक्ति हुनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम कुनै व्यक्तिलाई उम्मेदवारको रुपमा प्रस्ताव गरिएको अवस्थामा त्यस्तो उम्मेदवारले मनोनयनपत्रमा आफ्नो मञ्जुरी लेखी सहीछाप समेत गर्नु पर्नेछ ।
(४) दलले खडा गरेको उम्मेदवारको सम्बन्धमा त्यस्तो दलको तर्पmबाट दफा १७ को उपदफा (१) बमोजिमको अधिकारीले दिएको औपचारिक पत्र मनोनयनपत्र साथ पेश गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको अधिकारीले उम्मेदवारलाई दिएको त्यस्तो औपचारिक पत्रको एक प्रति निर्वाचन अधिकृतलाई समेत पठाउनु पर्नेछ ।
(६) उपदफा (४) बमोजिमको रीत नपु¥याई मनोनयनपत्र दाखिला भएकोे अवस्थामा त्यस्तो उम्मेदवारलाई सो दलको उम्मेदवारको रुपमा मान्यता दिइने छैन ।
(७) कुनै व्यक्तिलाई निर्वाचनको लागि बढीमा दुई मनोनयनपत्रद्वारा मनोनयन गर्न सकिनेछ ।
ज्ञठ। मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकारी सम्बन्धी व्यवस्था ः (१) दलले आफ्नो तर्पmबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीलाई तोक्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमूना त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले तोकेको सो समितिको पदाधिकारीले प्रमाणित गरी उम्मेदवारको लागि मनोनयनपत्र दाखिला गर्ने मिति अगावै आयोगले तोकेको अवधिभित्र आयोगलाई उपलब्ध गराउनु पर्नेछ ।
(३) आयोगले उपदफा (२) बमोजिमको दस्तखत नमूना सहितको विवरण मनोनयनपत्र दर्ता गर्न तोकिएको मिति अगावै सम्बन्धित निर्वाचन अधिकृत समक्ष पठाई सक्नु पर्नेछ ।
ज्ञड। उम्मेदवारको मनोनयन दर्ता ः (१) उम्मेदवारको मनोनयनपत्र उम्मेदवार आफैँले वा निजको प्रतिनिधि वा प्रस्तावक वा समर्थकले सम्बन्धित निर्वाचन अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको मनोनयनपत्र सम्बन्धित निर्वाचन अधिकृतले यस ऐन बमोजिम रीतपूर्वकको भए नभएको जाँचबुझ गरी रीतपूर्वकको भए दर्ता गरी सोको निस्सा मनोनयनपत्र दर्ता गर्न ल्याउने व्यक्तिलाई दिनु पर्नेछ ।
(३) कसैले प्रस्तावक वा समर्थक नभएकोे, प्रस्तावक वा समर्थक दोहोरिएको, दफा ६३ बमोजिमको धरौटी राखेको निस्सा नभएकोे, प्रस्तावक वा समर्थक वा उम्मेदवार हुने व्यक्तिको सहीछाप नभएकोे वा अन्य रीत नपुगेको मनोनयनपत्र दर्ता गर्न ल्याएमा निर्वाचन अधिकृतले रीत नपुगेको जति कुरा सच्याउन लगाई त्यस्तो मनोनयनपत्र दर्ता गर्नु पर्नेछ । कसैले यसरी रीत नपुगेको कुरा नसच्यार्ई मनोनयनपत्र दर्ता गराउन चाहेमा सोही व्यहोरा मनोनयनपत्रमा जनाई त्यसकोे सूचना मनोनयनपत्र दर्ता गराउने व्यक्तिलाई दिनु पर्नेछ ।
(४) मनोनयनपत्र साथ पेश गर्नु पर्ने अन्य कागजात तोकिए बमोजिम हुनेछ ।
(५) निर्वाचन अधिकृतले मनोनयनपत्र दर्ता गर्ने समय समाप्त भएपछि निर्वाचन कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा मनोनयनपत्र दर्ता भएकोे उम्मेदवारको सूची प्रकाशन गर्नेछ ।
ज्ञढ। दाबी विरोध गर्न सक्ने ः दफा १६ बमोजिम मनोनयनपत्र दर्ता भएको कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने उम्मेदवार वा निजको प्रतिनिधिले निर्वाचन कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा निर्वाचन अधिकृत समक्ष उजूरी दिन सक्नेछ ।

मनोनयनपत्रको जाँच ः (१) दफा १६ बमोजिम दर्ता भएको मनोनयनपत्र जाँच गर्दा निर्वाचन कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा उम्मेदवार, निजको प्रतिनिधि, प्रस्तावक वा समर्थक उपस्थित हुनु पर्नेछ ।
(२) उपदफा (१) मा उल्लेख गरिएका व्यक्तिको उपस्थितिमा निर्वाचन अधिकृतले सम्पूर्ण उम्मेदवारको मनोनयनपत्र जाँच गर्नु पर्नेछ ।
तर त्यसरी उपस्थित हुनु पर्ने कुनै उम्मेदवार, निजको प्रस्तावक, समर्थक वा प्रतिनिधि उपस्थित नभएमा पनि मनोनयनपत्र जाँच गर्न र सो विषयमा कानून बमोजिम निर्णय गर्न यस उपदफाले बाधा पु¥याएको मानिने छैन ।
(३) देहायको अवस्थामा निर्वाचन अधिकृतले यस दफा बमोजिम गर्नु पर्ने मनोनयनपत्रको जाँच सम्बन्धी कारबाही स्थगित गर्न सक्नेछ र यसरी मनोनयनपत्रको जाँच सम्बन्धी कारबाही स्थगित भएको जानकारी आयोगलाई दिनु पर्नेछ ः–
(क) मनोनयनपत्र जाँच गर्ने समयमा सो स्थानमा हुलदङ्गा लगायत अन्य असामान्य परिस्थिति उत्पन्न भएमा, वा
(ख) प्राकृतिक विपद्को कारणले काबू बाहिरको परिस्थिति उत्पन्न भएमा ।
(४) उपदफा (३) बमोजिम मनोनयनपत्रको जाँच सम्बन्धी कारबाही स्थगित भएमा आयोगले कुनै निर्देशन दिएको भए सो समेतको आधारमा निर्वाचन अधिकृतले समय र स्थान तोकी यथासम्भव छिटो मनोनयनपत्रको जाँच गर्नु पर्नेछ ।
(५) मनोनयनपत्रको जाँच सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
द्दज्ञ। मनोनयनपत्र बदर हुने अवस्था ः देहायको अवस्थामा मनोनयनपत्र बदर हुनेछ ः–
(क) संविधान र यस ऐन बमोजिम उम्मेदवारको योग्यता नभएमा,
(ख) उम्मेदवार हुने व्यक्तिको मञ्जुरी नभएमा वा निज वा निजको प्रस्तावक र समर्थकको सहीछाप नभएमा वा कीर्ते सहीछाप भएमा,
(ग) दफा ६ को उपदफा (२) बमोजिम तोकिएको समयभित्र मनोनयनपत्र दर्ता नभएमा,
(घ) दफा १६, १७ र १८ मा लेखिए बमोजिम मनोनयनपत्र दाखिला नभएमा,
(ङ) दफा ६३ बमोजिम धरौटी दाखिला नगरेमा,
(च) यस ऐन बमोजिम अन्य रीत नपुगेको भएमा ।
द्दद्द। उम्मेदवारको नामावली ः निर्वाचन अधिकृतले मनोनयनपत्र जाँच गरिसकेपछि कानून बमोजिम रीत पुगेका मनोनयनपत्र बमोजिमका उम्मेदवारको नामावली तयार गरी सोको एक प्रति आफ्नोे कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
द्दघ। नाम फिर्ता लिने ः (१) कुनै उम्मेदवारले उम्मेदवारको नामावलीबाट आफ्नो नाम फिर्ता लिन चाहेमा दफा ६ को उपदफा (२) बमोजिम तोकिएको समयभित्र निर्वाचन अधिकृतलाई लिखित सूचना दिई नाम फिर्ता लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नाम फिर्ता लिएको सूचना उम्मेदवार आफैंले वा निजको प्रतिनिधिले दाखिला गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम नाम फिर्ता लिएको सूचना निर्वाचन अधिकृत समक्ष दाखिला भैसकेपछि त्यस्तो सूचना बदर गर्न वा फिर्ता लिन पाइने छैन ।
(४) उपदफा (१) वा (२) बमोजिम दाखिला भएकोे सूचनाको बारेमा निर्वाचन अधिकृत विश्वस्त भएमा त्यस्तो उम्मेदवारको नाम उम्मेदवारको नामावलीबाट हटाउनु पर्नेछ । यसरी नाम हटाइएको सूचना निर्वाचन अधिकृतले आफ्नोे कार्यालयमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।
(५) कुनै दलको तर्पmबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न दफा १७ को उपदफा (१) बमोजिम तोकिएको पदाधिकारीले त्यस्तो दलको तर्फबाट उम्मेदवारी दिएकोे कुनै उम्मेदवारको नाम फिर्ता लिने गरी निर्वाचन अधिकृतलाई दफा ६ को उपदफा (२) बमोजिम तोकिएको समयभित्र लेखी पठाएमा निजलाई उम्मेदवारको रुपमा कायम राखिने छैन ।
द्दद्ध। उम्मेदवारको अन्तिम नामावली ः (१) दफा ६ को उपदफा (२) बमोजिम नाम फिर्ता लिन तोकिएको समय समाप्त भएपछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारको नामावली तयार गरी एक प्रति तुरुन्त आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ र त्यसको एक प्रति आयोगमा पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको नामावलीमा उम्मेदवारको नाम नेपाली वर्णानुक्रम अनुसार लेखिनेछ र कुनै उम्मेदवार दलको तर्पmबाट मनोनीत भएकोमा निजको ठेगानामा त्यस्तो दलको नाम समेत उल्लेख गर्नु पर्नेछ ।
द्दछ। निर्विरोध निर्वाचित ः दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा दफा ३ बमोजिम निर्वाचित गर्नु पर्ने कुनै पदका लागि जति जना निर्वाचित हुने हो त्यति नै वा सो भन्दा कम उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले सो पदमा त्यस्तो उम्मेदवार निर्विरोध निर्वाचित भएकोे भनी तोकिए बमोजिम घोषणा गर्नेछ ।
द्दट। निर्वाचन चिन्ह ः (१) निर्वाचनका लागि उम्मेदवारलाई वितरण गर्ने निर्वाचन चिन्ह आयोगले निर्धारण गर्नेछ ।
(२) उपदफा (१) बमोजिम निर्धारण गरिएको निर्वाचन चिन्ह उम्मेदवारलाई तोकिए बमोजिम प्रदान गरिनेछ ।
(३) उपदफा (२) बमोजिम प्रदान गरिएको निर्वाचन चिन्ह त्यस्तो उम्मेदवार बाहेक अरु कसैले पनि प्रयोग गर्न पाउने छैन ।
(४) आयोगले कुनै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा निजलाई प्रदान गरिएको निर्वाचन चिन्ह परिवर्तन हुने छैन । त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाण सहित आयोगमा उजूरी दिएमा निजको सदस्यता खारेज हुनेछ ।
(५) यस दफा बमोजिम उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्दा दलको उम्मेदवारलाई आयोगबाट निर्वाचनको प्रयोजनका लागि त्यस्तो दलको लागि निर्धारण गरिएको निर्वाचन चिन्ह प्रदान गर्नु पर्नेछ । त्यसरी निर्वाचन चिन्ह प्रदान गर्दा कुनै गल्ती भएको वा फरक पर्न गएको भन्ने आयोगलाई लागेमा आयोगले त्यस्तो चिन्ह परिवर्तन गर्न सक्नेछ ।
(६) स्वतन्त्र उम्मेदवारलाई आयोगले निर्धारण गरेको निर्वाचन चिन्हको समूहबाट तोकिए बमोजिमको तरीका अनुसार निर्वाचन अधिकृतले निर्वाचन चिन्ह प्रदान गर्नेछ ।
(७) उपदफा (५) र (६) बमोजिम प्रदान गरिएको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्दा देहायको क्रममा समावेश गर्नु पर्नेछ ः–
(क) निर्वाचन हुनु भन्दा तत्काल अघि कायम रहेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्पm प्राप्त गरेको मत सङ्ख्याको आधारमा सो दलको उम्मेदवारको निर्वाचन चिन्ह,
(ख) खण्ड (क) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व नगर्ने दलको हकमा निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता भएको क्रमको आधारमा सो दलको उम्मेदवारको निर्वाचन चिन्ह,
(ग) स्वतन्त्र उम्मेदवारको नामको वर्णानुक्रमको आधारमा त्यस्तो उम्मेदवारको निर्वाचन चिन्ह ।
(८) प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दलहरु एकीकरण भएको वा गाभिएकोमा उपदफा (७) को खण्ड (क) को प्रयोजनको लागि त्यसरी एकीकरण हुनु वा गाभिनु अघि त्यस्ता दलहरुले प्राप्त गरेको कूल मत सङ्ख्यालाई हाल कायम भएको दलले प्राप्त गरेको मत सङ्ख्या मानिनेछ ।
द्दठ। उम्मेदवारको मृत्यु भएमा ः (१) दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनु अघि वा प्रकाशन भई सकेपछि दलबाट मनोनयन भएको कुनै उम्मेदवारको मृत्यु भई सोको लिखित सूचना निर्वाचन प्रतिनिधि, सम्बन्धित दल वा अन्य कुनै व्यक्तिबाट प्राप्त भएमा र सो कुरामा निर्वाचन अधिकृत विश्वस्त भएमा निर्वाचन अधिकृतले त्यस्तो निर्वाचनसँग सम्बन्धित अन्य कार्यक्रम तुरुन्त स्थगित गरी सोको जानकारी आयोगलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कार्यक्रम स्थगित भएकोे सूचना अन्य उम्मेदवार समेतको जानकारीको लागि निर्वाचन अधिकृतले आफ्नोे कार्यालयमा टाँस्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको जानकारी प्राप्त भएमा आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुअघि उम्मेदवारको मृत्यु भएकोमा त्यस्तो निर्वाचनको मतदानको कार्यक्रममा असर नपर्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी कार्यक्रम र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भए पछि मृत्यु भएकोमा मतदान गर्ने मिति लगायत यस परिच्छेद बमोजिमको अन्य कार्यक्रम पुनः निर्धारण गरी निर्वाचन अधिकृतलाई पठाउनु पर्नेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उम्मेदवारको मृत्यु भई निर्वाचनको कार्यक्रम स्थगित भएकोमा दफा ६ को उपदफा (२) बमोजिमको निर्वाचन कार्यक्रममा लेखिए बमोजिमको काम सम्पन्न गर्नु पर्ने अवधि पन्ध्र दिन भन्दा बढी भएमा पुनः अर्को कार्यक्रम प्रकाशन गर्नु पर्ने छैन र सोही कार्यक्रमको समयावधिभित्र मतदानको काममा बाधा नपुग्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी काम पूरा गर्नु पर्ने गरी निर्वाचन कार्यक्रम निर्धारण गर्नु पर्नेछ ।
(५) उपदफा (१) बमोजिम निर्वाचन कार्यक्रम स्थगित भएकोमा पहिले मनोनयनपत्र पेश गरेको उम्मेदवारले पुनः मनोनयनपत्र दाखिला गर्नु पर्ने छैन र जुन दलको उम्मेदवारको मृत्यु भएको हो त्यस्तो दलको तर्पmबाट मात्र पुनः उम्मेदवार मनोनयन गर्न सकिनेछ ।
द्दड। उम्मेदवारको परिचयपत्र ः दफा २४ बमोजिम अन्तिम नामावलीमा कायम रहेको उम्मेदवारलाई निर्वाचन अधिकृतले आयोगले तोके बमोजिमको परिचयपत्र दिनेछ ।

परिच्छेद–५
उम्मेदवारको प्रतिनिधि

द्दढ। निर्वाचन प्रतिनिधि ः (१) उम्मेदवारले कुनै व्यक्तिलाई निर्वाचनको लागि आफ्नो निर्वाचन प्रतिनिधि नियुक्त गरेमा सोको लिखित सूचना निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त भएकोे निर्वाचन प्रतिनिधिलाई उम्मेदवारले जुनसुकै बखत बदर गरी अर्को निर्वाचन प्रतिनिधि नियुक्त गर्न सक्नेछ र त्यसरी अर्को निर्वाचन प्रतिनिधि नियुक्त गरेको लिखित सूचना सम्बन्धित निर्वाचन अधिकृतलाई तुरुन्त दिनु पर्नेछ ।
(३) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा निर्वाचन प्रतिनिधिले गर्नु पर्ने भनी उल्लेख गरे बमोजिमको काम गर्नु उपदफा (१) बमोजिम नियुक्त निर्वाचन प्रतिनिधिको कर्तव्य हुनेछ ।
(४) निर्वाचन प्रतिनिधिको योग्यता तोकिए बमोजिम हुनेछ ।
घण्। मतदान प्रतिनिधि र मतगणना प्रतिनिधि ः (१) उम्मेदवार वा निर्वाचन प्रतिनिधिले प्रत्येक मतदान केन्द्रको लागि तोकिए बमोजिम मतदान प्रतिनिधि नियुक्त गर्न सक्नेछ र त्यसरी मतदान प्रतिनिधि नियुक्त गरेको लिखित सूचना मतदान अधिकृत र निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।
(२) उम्मेदवार वा निर्वाचन प्रतिनिधिले मतगणना स्थलमा उपस्थित रहन तोकिए बमोजिम मतगणना प्रतिनिधि नियुक्त गर्न सक्नेछ र त्यसरी मतगणना प्रतिनिधि नियुक्त गरेको लिखित सूचना निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम नियुक्त भएकोे मतदान प्रतिनिधिलाई उम्मेदवार वा निर्वाचन प्रतिनिधिले जुनसुकै बखत बदर गरी अर्को मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम अर्को मतदान प्रतिनिधि नियुक्त गरिएकोमा मतदान अधिकृतलाई र अर्को मतगणना प्रतिनिधि नियुक्त गरिएकोमा निर्वाचन अधिकृतलाई तुरुन्त जानकारी दिनु पर्नेछ ।
(५) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिले गर्नु पर्ने भनी उल्लेख भएका काम गर्नु उपदफा (१) वा (२) बमोजिम नियुक्त मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिको कर्तव्य हुनेछ ।
(६) मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिको सङ्ख्या र योग्यता तोकिए बमोजिम हुनेछ ।
घज्ञ। उम्मेदवार वा कुनै प्रतिनिधि अनुपस्थित रहेमा ः यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेदवार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनु पर्ने अवस्थामा उपस्थित नरहेमा वा निजहरुमध्ये कसैैले गर्नु पर्ने काम नगरेमा सोही कारणले मात्र मतदान, मतगणना वा निर्वाचनको परिणामको घोषणाको काम रोकिने छैन र त्यस्तो काम कानून बमोजिम भएको मानिनेछ ।

परिच्छेद–६
मतदान केन्द्र तथा मतदान

घद्द। मतदान केन्द्र ः (१) निर्वाचनका लागि आयोगले तोकेको स्थानमा मतदान केन्द्र रहनेछ ।
(२) मतदान केन्द्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
घघ। मतपत्र ः (१) आयोगले निर्वाचनका लागि निर्वाचन चिन्ह भएको मतपत्रको व्यवस्था गर्नु पर्नेछ ।
(२) मतपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
घद्ध। मतपेटिका तथा अन्य निर्वाचन सामग्री ः (१) मतदानको लागि आयोगले तोके बमोजिमको मतपेटिका तथा निर्वाचन सामाग्री प्रयोग गरिनेछ ।
(२) मतपेटिका तथा अन्य निर्वाचन सामग्री व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

घछ। मतदानको समय ः मतदान हुने मिति र मतदान गर्ने समय दफा ६ को उपदफा (२) बमोजिमको सूचनामा तोके बमोजिम हुनेछ ।
घट। मतदान ः (१) मतदाताले आपूmलाई तोकिएको मतदान केन्द्रमा मतदान गर्नु पर्नेछ ।
(२) मतदाताले मतदान गर्न तोकिए बमोजिम मतपत्र लिई सोको लागि राखिएको मतपेटिकामा मतदान गर्नु पर्नेछ ।
(३) मतदाताले आफ्नो नामबाट बाहेक अन्य कुनै व्यक्तिको नामबाट मतदान गर्न पाउने छैन ।
(४) कुनै पनि मतदाताले एउटै निर्वाचनमा एकभन्दा बढी पटक वा एकभन्दा बढी मतदान केन्द्रमा मतदान गर्न पाउने छैन ।
(५) कुनै पनि मतदाताले मतदानको अवधिभर आफूले कसलाई मतदान गरेको हो भन्ने व्यहोरा कुनै पनि माध्यमबाट कसैलाई पनि प्रकट गर्नु हँुदैन ।
घठ। मतदानको प्रक्रिया ः (१) मतदान केन्द्रमा मतदानको लागि उपस्थित मतदातालाई मतदान अधिकृतले तोकिए बमोजिमको रीत पु¥याई तोकिएको मतपत्र दिनेछ ।
(२) मतदातालाई मतपत्र दिनु अघि मतदान अधिकृतले मतदाता नामावलीमा तोकिए बमोजिमको व्यहोरा जनाई तोकिए बमोजिम मतपत्र दिनेछ ।
(३) मतदाताले मतपत्रमा तोकिए बमोजिमको छाप वा चिन्ह गोप्य तवरले लगाई मतदान गर्नु पर्नेछ ।
(४) मतदाताले यस ऐन बमोजिम मतदान गर्दा जतिजना उम्मेदवार छनोट गर्नु पर्ने त्यति सङ्ख्यामा आपूmले रोजेको उम्मेदवारकोे कोठामा उपदफा (३) बमोजिमको छाप वा चिन्ह लगाई तोकिए बमोजिम मतपेटिकामा खसाली मतदान गर्नु पर्नेछ ।
(५) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मतदान गर्ने प्रयोजनको लागि विद्युतीय उपकरण प्रयोग गरिएको अवस्थामा मतदाताले तोकिए बमोजिम विद्युतीय उपकरणद्वारा मतदान गर्नु पर्नेछ ।
घड। नाम ढाँटी मतदान गर्न आएमा विरोध गर्ने ः (१) कुनै मतदाता वा व्यक्तिले आफ्नो नाम ढाँटी अर्को मतदाताको नाममा मतदान गर्नको लागि मतपत्र लिन आएमा उम्मेदवार, निजकोे प्रतिनिधि वा सोही मतदान केन्द्रको कुनै मतदाताले एक सय रुपैयाँ धरौटी राखी मतदान अधिकृत समक्ष विरोध गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम विरोध भएमा मतदान अधिकृतले त्यस सम्बन्धमा आवश्यक कुरा बुझी तत्काल निर्णय गर्नु पर्नेछ र यसरी पर्न आएको विरोध र त्यसको निर्णय आयोगले तोके बमोजिमको निर्णय किताबमा तुरुन्त जनाउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम विरोध ठीक ठहरेमा मतदान अधिकृतले त्यस्तो धरौटी रकम सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेछ र विरोध गलत देखिएमा त्यस्तो धरौटी रकम जफत हुनेछ ।
(४) उपदफा (१) बमोजिमको विरोध ठीक ठहरेमा त्यसरी नाम ढाँटी मतदान गर्न आउने व्यक्तिलाई मतदान अधिकृतले निर्वाचन कसूर तथा सजाय सम्बन्धी सङ्घीय कानून बमोजिम जरिबाना गर्नेछ ।
घढ। विशेष परिस्थितिमा मतदान स्थगित गर्न सकिने ः (१) मतदान केन्द्रमा कुनैै असामान्य परिस्थिति उत्पन्न भई वा कुनै कारणले विद्युतीय उपकरण सञ्चालन हुन नसकी वा उपद्रव वा प्राकृतिक विपत्ति वा आफ्नो काबूबाहिरको कुनै कारणले मतदानको काम हुन नसक्ने कुरामा सो मतदान केन्द्रमा नियुक्त मतदान अधिकृत विश्वस्त भएमा निजले सो मतदान केन्द्रको मतदान कार्य तत्काल स्थगित गर्न सक्नेछ र सोको सूचना सोही स्थानमा प्रकाशन गर्नेछ ।
(२) मतदान अधिकृतले उपदफा (१) बमोजिम मतदान स्थगित गरेको सूचना तुरुन्त निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम मतदान स्थगित भएकोे व्यहोराको जानकारी निर्वाचन अधिकृतले तुरुन्त आयोगलाई दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको जानकारी प्राप्त गरेपछि आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले पुनः मतदान हुने मिति र समय तोकी सूचना प्रकाशित गरी पुनः मतदान गराउनेछ ।
द्धण्। मतदान केन्द्रमा प्रवेश ः (१) मतदान अधिकृतले मतदान केन्द्रमा देहायका व्यक्तिहरु बाहेक अरु कसैलाई प्रवेश गर्न दिने छैन ः–
(क) मतदाता,
(ख) उम्मेदवार वा निजकोे एकजना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि,
(ग) आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक,
(घ) आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति,
(ङ) मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको बालक,
(च) दृष्टिविहीन वा शारीरिक रुपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्य ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मतदान केन्द्रको सुरक्षार्थ खटिएको सुरक्षाकर्मी बाहेक कुनै प्रकारको हतियार साथ लिएको व्यक्ति वा मादक पदार्थ सेवन गरेको व्यक्तिलाई मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिने छैन ।
(३) मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदान गर्न बाँकी मतदाता बाहेक मतदानको समय समाप्त भएपछि अन्य मतदाताले मतदान केन्द्रमा प्रवेश गर्न वा त्यहाँ रहन पाउने छैन ।
द्धज्ञ। अशक्त मतदाता ः दृष्टिविहीन, शारीरिक अशक्तता वा अरु कुनै कारणवश कुनै मतदाता आफैँले मत सङ्केत गर्न नसक्ने भई मत सङ्केत गर्ने काममा सहयोग पु¥याउन आफ्नो एकाघरको परिवारको सदस्यलाई साथमा लैजान अनुमति मागेमा वा मत सङ्केत गर्ने काममा सहयोग पु¥याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा परिचय खुल्ने प्रमाणको आधारमा परिवारको त्यस्तो सदस्यलाई मतदाताको साथमा मत सङ्केत गर्ने स्थानमा प्रवेश गर्न अनुमति दिन वा मतदान अधिकृतले मतदाताको इच्छा अनुसार निजको मतपत्रमा मत सङ्केत गरिदिन सक्नेछ ।
द्धद्द। निरीक्षण गर्न सक्ने ः कुनै मतदाता मत सङ्केत गर्ने स्थानमा मनासिब समयभन्दा बढी समयसम्म बसेमा वा मतदान अधिकृतलाई कुनै शङ्का लागेमा निजले मत सङ्केत गर्ने स्थानमा प्रवेश गरी निरीक्षण गर्न सक्नेछ ।
द्धघ। मतदान केन्द्रको अनधिकृत कब्जा ः (१) देहायको अवस्थामा मतदान केन्द्रको अनधिकृत कब्जा भएको मानिनेछ ः–
(क) कसैले बल प्रयोग गरी, डर त्रास देखाई वा धम्की दिई मतदान केन्द्र वा मतदान गर्न निश्चित गरिएको स्थान आफ्नो कब्जामा लिई मतदानको कार्यमा प्रभाव पारेमा, कुनै उम्मेदवारको समर्थक मतदातालाई मात्र मतदान गर्न दिएमा वा अन्य मतदातालाई मतदान गर्न नदिएमा,
(ख) कसैले मतदातालाई कुनै उम्मेदवारको पक्षमा मतदान गर्न वा नगर्न डर त्रास देखाएमा, धम्की दिएमा, मतदान गर्नको लागि बाटो वा गौँडा छेकी रोकेमा, मतदान केन्द्रमा वा मतदान गर्ने स्थानमा जान वा प्रवेश गर्न नदिएमा, वा
(ग) कसैले मतदान कार्य सञ्चालन गर्न खटिएको मतदान अधिकृत वा कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्न नदिएमा, निजको जिम्मामा रहेको मतपत्र, मतपेटिका वा मतदान सम्बन्धी सामग्री खोसेमा वा अन्य त्यस्तै कार्य गरी मतदानको कार्य निष्पक्ष तथा स्वतन्त्र रुपमा सामान्य ढङ्गले सञ्चालन नहुने वा हुन नसक्ने गरी प्रभावित गरेमा ।
(२) उपदफा (१) को खण्ड (क), (ख) वा (ग) मा उल्लिखित कुनै प्रकारले मतदान केन्द्रको अनधिकृत कब्जा भएमा मतदान अधिकृतले तत्काल मतदान स्थगित गरी त्यसको प्रतिवेदन निर्वाचन अधिकृतलाई र निर्वाचन अधिकृतले आयोगलाई तुरुन्त दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको प्रतिवेदन प्राप्त भएमा आयोगले वा आयोगबाट कुनै निर्देशन प्राप्त भएमा निर्वाचन अधिकृतले आयोगको निर्देशन बमोजिम उपदफा (१) बमोजिमको घटनाको जाँच गर्न सक्नेछ र त्यस्तो जाँचको प्रतिवेदनको आधारमा आयोगले वा आयोगको निर्देशन अनुसार निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रको मतदान रद्द गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम मतदान रद्द भएको मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुनः मतदान गर्ने मिति र समय तोकी सोको सूचना त्यस्तो मतदान केन्द्रमा समेत तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।
द्धद्ध। मतपेटिका नोक्सान भएमा वा तोडफोड गरिएमा ः (१) कुनै मतदान केन्द्र्रमा मतदानको लागि प्रयोग भएको मतपेटिका दुर्घटनावश नोक्सान भएमा वा जानाजान तोडफोड गरी नोक्सान गरिएमा मतदान अधिकृतले सम्बन्धित निर्वाचन अधिकृतलाई त्यस घटनाको प्रतिवेदन तुरुन्त दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदन प्राप्त भएमा वा मतदान अधिकृतले निर्वाचन अधिकृतलाई बुझाई सकेको मतदानको लागि प्रयोग भएको मतपेटिका कुनै किसिमले खोसिएमा, जानाजान तोडफोड गरी नोक्सान गरिएमा वा दुर्घटनावश नोक्सान भएमा निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रको मतदान तुरुन्त रद्द गरी त्यसको प्रतिवेदन आयोगमा दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम मतदान रद्द गरिएको मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुनः मतदान गर्ने मिति र समय तोकी सोको सूचना त्यस्तो मतदान केन्द्रमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।
द्धछ। मतपेटिका बन्द गर्ने ः मतदान समाप्त भएपछि मतदान अधिकृतले मतदान गरिएको मतपत्र राखिएको मतपेटिका आयोगले तोके बमोजिमको रीत पु¥याई बन्द गर्नु पर्नेछ ।
द्धट। मतपेटिका निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्ने ः मतदान अधिकृतले मतदानको लागि प्रयोग गरिएको मतपेटिका सुरक्षित रुपमा निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्नु पर्नेछ ।
परिच्छेद–७
मतगणना र निर्वाचन परिणाम

द्धठ। निर्वाचन अधिकृतले मतगणना गर्नु गराउनु पर्ने ः निर्वाचन अधिकृतले निर्वाचनको मतगणना गर्ने काम आफ्नो प्रत्यक्ष रेखदेख तथा नियन्त्रणमा गर्नु गराउनु पर्नेछ ।
द्धड। मतगणनाको सूचना ः निर्वाचन अधिकृतले सबै मतदान केन्द्रबाट मतपत्र रहेका मतपेटिका प्राप्त गरेपछि मतगणना गर्ने स्थान, मिति र समयको सूचना उम्मेदवारहरुको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ ।
द्धढ। मतगणना ः (१) निर्वाचन अधिकृतले दफा ४८ बमोजिमको सूचनामा उल्लेख गरिएको स्थान, मिति र समयमा तोकिए बमोजिम मतगणना प्रारम्भ गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको मतगणना गर्ने स्थान, मिति र समयमा उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थित रहन सक्नेछन् ।
(३) मतगणना गर्दा प्रदेश सभाका सदस्यले दिएको मत र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख तथा उपप्रमुखल दिएको मत छुट्टाछुट्टै गणना गर्नु पर्नेछ ।
छण्। मतगणना गर्ने स्थानमा प्रवेश ः (१) निर्वाचन अधिकृतले मतगणना गर्ने स्थानमा देहायका व्यक्ति बाहेक अरु कसैलाई प्रवेश गर्न दिने छैन ः–
(क) उम्मेदवार वा निजकोे एकजना निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि,
(ख) मतगणनाको काममा खटिएका कर्मचारी,
(ग) आयोगबाट अनुगमन वा अन्य प्रयोजनको लागि खटिएका पदाधिकारी वा कर्मचारी,
(घ) आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक,
(ङ) सुरक्षाको लागि खटिएका कर्मचारी,
(च) आयोग वा निर्वाचन अधिकृतबाट अनुमति पाएका व्यक्ति ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मतगणना स्थलको सुरक्षार्थ खटिएको सुरक्षाकर्मी बाहेक कुनै प्रकारको हतियार साथ लिएको व्यक्ति वा मादक पदार्थ सेवन गरेको व्यक्तिलाई निर्वाचन अधिकृतले मतगणना गर्ने स्थानमा प्रवेश गर्न दिने छैन ।
(३) मतगणना गर्ने काममा बाधा पु¥याउने जुनसुकै व्यक्तिलाई निर्वाचन अधिकृतले मतगणना गर्ने स्थानबाट बाहिर जान आदेश दिन सक्नेछ र त्यस्तो आदेश पाएको व्यक्तिले मतगणना गर्ने स्थानबाट बाहिर जानु पर्नेछ । त्यस्तो आदेश पालना नगरी अटेर गर्ने व्यक्तिलाई निर्वाचन अधिकृतको आदेश बमोजिम सुरक्षाकर्मीले त्यस्तो स्थानबाट बाहिर पठाउनेछ ।
छज्ञ। मतगणना लगातार गर्ने ः (१) निर्वाचन अधिकृतले मतगणना प्रारम्भ गरेपछि मतगणना समाप्त नभएसम्म सो मतगणनाको काम लगातार गर्नु पर्नेछ ।
(२) काबूबाहिरको परिस्थिति परी मतगणनाको काम बीचैमा रोक्नु परेमा निर्वाचन अधिकृतले गणना गरिसकेका मतपत्र, मतगणना अभिलेख, मतगणना गर्न बाँकी रहेका मतपत्र र मतगणना गर्न बाँकी मतपेटिकाको लगत समेत अलग–अलग खाम, थैलो वा बोरामा बन्द गरी आफ्नो लाहाछाप लगाउनु पर्नेछ । उम्मेदवार वा तिनकोे मतगणना प्रतिनिधि वा निर्वाचन प्रतिनिधिले समेत त्यस्तो खाम, थैलो वा बोरामा आफ्नो लाहाछाप लगाउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम रोकिएको मतगणनाको काम यथाशक्य पुनः प्रारम्भ गर्नु पर्नेछ । यसरी मतगणना पुनः प्रारम्भ हुने सूचना सो स्थानमा उपस्थित उम्मेदवार, निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई दिनु पर्नेछ र मतगणना गर्ने स्थानमा समेत प्रकाशन गर्नु पर्नेछ ।
तर कुनै उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित हुन नआएको कारणले मतगणना गर्ने काममा बाधा पुगेको मानिने छैन ।
छद्द। मतगणना पूरा हुनु अघि मतपत्र नोक्सान भएमा ः (१) मतगणना पूरा हुनुभन्दा पहिले कुनै मतदान केन्द्रमा प्रयोग गरिएको मतपत्र, मतपत्र रहेको मतपेटिका वा मतदानको लागि राखिएको विद्युतीय उपकरण निर्वाचन अधिकृतको नियन्त्रणबाट गैरकानूनी तवरले अन्यत्र लगिएमा, खोलिएमा, नोक्सान गरिएमा वा तोडफोड गरिएमा, हराएमा वा दुर्घटनावश नोक्सान भएमा निर्वाचन अधिकृतले मतगणनाको काम स्थगित गरी सो कुराको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदन प्राप्त भएमा आयोगले त्यस्तो घटनाको सम्बन्धमा कुनै जाँचबुझ गर्नु पर्ने ठह¥याएमा आयोगको आयुक्त वा अनुगमन टोली खटाई जाँचबुझ गराउन सक्नेछ ।
(३) आयोगले उपदफा (१) बमोजिमको प्रतिवेदन वा उपदफा (२) बमोजिम जाँचबुझ गर्न खटाइएको आयुक्त वा अनुगमन टोलीको प्रतिवेदनको आधारमा त्यस्तो मतपत्र वा मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैर कानूनी रुपमा अन्यत्र लगिएको, खोलिएको, नोक्सान गरिएको, तोडफोड गरिएको, हराएको वा दुर्घटनावश नोक्सान भएको र सोको कारण मतगणना सुचारु गर्न नसकिने ठह¥याएमा त्यस्तो कार्यबाट असर परेका मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषित गरी मतदान रद्द गर्नेछ ।
(४) आयोगबाट उपदफा (३) बमोजिम मतदान रद्द गरिएको मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुनः मतदान हुने स्थान, मिति र समय तोकी सोको सूचना मतदान केन्द्रमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।
छघ। मतगणना स्थलको अनधिकृत कब्जा ः (१) देहायका अवस्थामा मतगणना स्थलको अनधिकृत कब्जा भएकोे मानिनेछ ः–
(क) कसैले बल प्रयोग गरी, डर त्रास देखाई वा धम्की दिई मतगणना स्थललाई आफ्नो कब्जामा लिई मतगणनाको कार्यमा प्रभाव पारेमा,
(ख) कसैले बल प्रयोग गरी वा नगरी मतगणना कार्यमा खटिएको निर्वाचन अधिकृत वा कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्न नदिएमा, निजको जिम्मामा रहेको मतपत्र, मतपेटिका, मतदानको लागि प्रयोग भएको विद्युतीय उपकरण वा मतगणना सम्बन्धी अन्य सामग्री खोसेमा वा अन्य त्यस्तै कार्य गरी मतगणनाको कार्य निष्पक्ष तथा स्वतन्त्र रुपमा सामान्य ढङ्गले सञ्चालन नहुने वा हुन नसक्ने गरी प्रभावित गरेमा, वा
(ग) मतगणनाको कार्यमा संलग्न रहेको कुनै व्यक्तिले खण्ड (क) वा (ख) बमोजिमको कार्य गरेमा, त्यस्तो कार्य गर्न सहयोग पु¥याएमा वा अनुमति दिएमा ।
(२) उपदफा (१) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएमा निर्वाचन अधिकृतले मतगणनाको कार्य तत्काल स्थगित गरी त्यसको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको प्रतिवेदन प्राप्त भएमा आयोगले त्यस्तो घटनाको सम्बन्धमा जाँचबुझ गर्नु पर्ने ठह¥याएमा आयोगको आयुक्त वा अनुगमन टोली खटाई जाँचबुझ गराउन सक्नेछ ।
(४) आयोगले उपदफा (२) बमोजिमको प्रतिवेदनको आधारमा वा उपदफा (३) बमोजिम जाँचबुझ गर्न खटाइएको आयुक्त वा अनुगमन टोलीको प्रतिवेदनको आधारमा त्यस्तो मतगणनास्थल उपदफा (१) बमोजिम अनधिकृत तवरले कब्जा भएकोे ठह¥याएमा त्यसरी कब्जाबाट असर परेको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषित गरी मतदान रद्द गर्नेछ ।
(५) आयोगबाट उपदफा (४) बमोजिम मतदान रद्द गरिएको मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुनः मतदान हुने स्थान, मिति र समय तोकी सोको सूचना तुरुन्त मतदान केन्द्रमा प्रकाशन गर्नु पर्नेछ ।
छद्ध। मतपत्र बदर हुने अवस्था ः देहायका अवस्थामा मतपत्र बदर हुनेछ ः–
(क) सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएकोे,
(ख) औँठाछाप लगाई वा दफा ३७ को उपदफा (३) बमोजिमको छाप वा चिन्ह बाहेक अन्य चिन्ह वा छाप लगाई मत सङ्केत गरिएको,
(ग) मत सङ्केत चिन्ह नबुझिने गरी लतपतिएको वा च्यातिएको,
(घ) उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको,
(ङ) निर्वाचित गर्नु पर्ने सङ्ख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा छुट्टा–छुट्टै मत सङ्केत गरिएको,
(च) एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा मत सङ्केतको चिन्ह पर्ने गरी मत सङ्केत गरिएको,
(छ) मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
(ज) कुनै पनि उम्मेदवारको निर्वाचन चिन्हमा मत सङ्केत नगरिएको,
(झ) आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
(ञ) मतपेटिका भन्दा बाहिर राखिएको,
(ट) जाली मतपत्र, वा
(ठ) आयोगले बदर हुने भनी तोकेको मतपत्र ।
छछ। दोहो¥याई मतगणना ः (१) मतदान केन्द्रको मतगणना समाप्त नहुँदै वा गणना गरिएको मतपत्र सिलबन्दी हुनुभन्दा पहिले कुनै उम्मेदवार, निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले केही वा सबै मतपत्र दोहो¥याई मतगणना गराई पाउँ भनी तत्काल निर्वाचन अधिकृत समक्ष कारण सहित लिखित निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन पर्न आएमा निर्वाचन अधिकृतले सो निवेदन तत्कालै दर्ता गरी दोहो¥याई मतगणना गर्नु पर्ने देखिएमा दोहो¥याई मतगणना गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम निर्वाचन अधिकृतले दोहो¥याई मतगणना गर्नु नपर्ने भएमा सोही व्यहोराको निर्णय गरी सो स्थानमा उपस्थित रहेका निज उम्मेदवार, निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई निर्वाचन परिणामको घोषणा गर्नुभन्दा पहिले सो निर्णयको सूचना दिनु पर्नेछ ।
छट। मतभार ः निर्वाचक मण्डलमा रहने सदस्यको मतभार अनुसूची–१ बमोजिम हुनेछ ।
छठ। निर्वाचन परिणामको घोषणा ः (१) निर्वाचन अधिकृतले प्रदेश सभाका सदस्यले दिएको मत र गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले दिएको मत छुट्टाछुट्टै गणना गरी प्रत्येक उम्मेदवारले प्राप्त गरेको कूल सदर मत सङ्ख्या निर्धारण गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रत्येक उम्मेदवारले प्राप्त गरेको प्रदेश सभाका सदस्यको मत र गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतलाई दफा ५६ बमोजिम कायम भएको मतभारले गुणन गरी आएको सङ्ख्यालाई प्रत्येक उम्मेदवारले पाएको कूल मत मानिनेछ ।
(३) उपदफा (२) बमोजिम कायम हुन आएको कूल मतको आधारमासबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारलाई दफा ३ बमोजिम निर्वाचन अधिकृतले विजयी भएको घोषणा गरी निर्वाचन परिणाम प्रकाशन गर्नु पर्नेछ ।
छड। मत बराबर भएमा गोला हाली निर्णय गर्ने ः यस ऐन बमोजिम मतगणनाको काम पूरा भइसकेपछि दुई वा दुईभन्दा बढी उम्मेदवारले प्राप्त गरेको मत बराबर भई निर्वाचित उम्मेदवार छुट्याउन नसकिने भएमा निर्वाचन अधिकृतले बराबर मत प्राप्त गर्ने उम्मेदवारको बीच गोला हाली निर्णय गर्नु पर्नेछ । त्यसरी गोलाद्वारा छानिएको उम्मेदवारले एक मत बढी प्राप्त गरेको मानिनेछ ।
छढ। निर्वाचित मिति ः निर्वाचन अधिकृतले दफा ५७ बमोजिम निर्वाचनको परिणाम प्रकाशन गरेको मितिलाई सम्बन्धित उम्मेदवार निर्वाचित भएको मिति मानिनेछ ।
टण्। निर्वाचन परिणाम पेश गर्ने ः आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको सात दिन भित्र सो निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति समक्ष पेश गर्नु पर्नेछ ।
परिच्छेद–८
विविध

टज्ञ। उपनिर्वाचन ः दफा ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन बमोजिम कुनै सदस्यको पदावधि एक वर्षभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नेछ ।
टद्द। निविदा मतपत्र सम्बन्धी व्यवस्था ः (१) कसैले अर्को मतदाताको नामबाट मतपत्र लिइसकेको वा मतदान गरिसकेको र पछिबाट मतदान गर्न आउने व्यक्ति नै वास्तविक मतदाता हो भन्ने कुरा निजले पेश गरेको प्रमाणबाट देखिन आएमा मतदान अधिकृतले त्यस्तो मतदातालाई निविदा मतपत्र दिनेछ । यसरी निविदा मतपत्र दिएकोमा त्यस्तो मतपत्रमा मतदाताले आफ्नो मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र मतपेटिकामा नहाली त्यसको प्रयोजनको लागि राखिएको छुट्टै खाममा राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निविदा मतपत्र दिने, राख्ने र तत्सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(३) यस ऐन बमोजिम मतगणना गर्दा उपदफा (१) बमोजिम छुट्टै खाममा राखिएका निविदा मतपत्र त्यस समयमा गणना गरिने छैन । निर्वाचन सम्बन्धी उजूरी पर्न आई त्यस्तो उजूरीको निर्णय गर्नको लागि आवश्यक पर्ने भनी ठहर गरेमा अदालतले त्यस्तो निविदा मतपत्र समेत गणना गर्न सक्नेछ ।
टघ। धरौटी राख्नु पर्ने ः (१) उम्मेदवारले निर्वाचनमा उम्मेदवार हुनको लागि दश हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी राख्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ ।
स्पष्टीकरण ः यस उपदफाको प्रयोजनका लागि “आर्थिक रुपले विपन्न” भन्नाले वार्षिक पारिवारिक आय पचास हजार रुपैयाँभन्दा कम भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको व्यक्ति सम्झनु पर्छ ।
(३) निर्वाचनमा एउटै उम्मेदवारको निमित्त एकभन्दा बढी मनोनयनपत्र दाखिला भएकोे अवस्थामा एउटा मनोनयनको लागि मात्र धरौटी राखे पुग्नेछ ।
(४) उपदफा (१) बमोजिम धरौटी राख्दा उम्मेवार वा दलले नगदै रुपमा दाखिला गर्न वा बैङ्कमा नगद धरौटी राखेको रसिद पेश गर्न सक्नेछ ।
टद्ध। धरौटी जफत हुने ः (१) निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ ।
तर दश प्रतिशत भन्दा कम सदर मत प्राप्त गरी निर्वाचित उम्मेदवारको हकमा यो व्यवस्था लागू हुने छैन ।
(२) उपदफा (१) बमोजिम धरौटी जफत हुने अवस्थामा बाहेक अन्य उम्मेदवार र मनोनयनपत्र स्वीकृत नभएको वा नाम फिर्ता लिएका व्यक्तिले राखेको धरौटी त्यस्तो निर्वाचन परिणाम घोषणा भएकोे मितिले नब्बे दिनभित्र सम्बन्धित व्यक्तिले फिर्ता लिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको म्यादभित्र धरौटी फिर्ता नलिएमा त्यस्तो धरौटीको रकम सञ्चित कोषमा दाखिला हुनेछ ।
टछ। निर्वाचन प्रचार प्रसार खर्च ः (१) निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।
(२) उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएकोे सम्पूर्ण खर्चको विवरण तोकिएको ढाँचामा तोकिए बमोजिम राख्नु पर्नेछ ।
स्पष्टीकरण ः यस उपदफाको प्रयोजनको लागि “निर्वाचनको अवधि” भन्नाले उम्मेदवारको मनोनयनपत्र दर्ता भएकोे मितिदेखि त्यस्तोे निर्वाचनको परिणाम घोषणा भएकोे मितिसम्मको अवधि सम्झनु पर्छ ।
(३) कुनै उम्मेदवारले निर्वाचनमा गरेको जम्मा खर्च उपदफा (१) बमोजिम तोकिएको खर्चको रकमको हद भन्दा बढी हुनु हुँदैन ।
(४) उपदफा (२) बमोजिमको निर्वाचन खर्चको विवरण उम्मेदवार वा निजको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले तीस दिनभित्र आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नु पर्नेछ । यसरी प्राप्त भएको खर्चको विवरण सम्बन्धित कार्यालयले आयोगमा पठाउनु पर्नेछ ।
(५) यस दफा बमोजिम निर्वाचन प्रचार प्रसार खर्चको विवरण तोकिएको समयभित्र नबुझाउने उम्मेदवारलाई आयोगले निर्वाचन आयोग सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम जरिबाना गर्नेछ ।
टट। निर्वाचन सम्बन्धी कागजात वा अभिलेखको गोप्यता ः (१) निर्वाचनमा प्रयोग भएको कागजात वा विद्युतीय उपकरणबाट मतदान भएकोमा त्यस्तो अभिलेखमध्ये मतगणनाको प्रयोजनको लागि आवश्यकता अनुसार खोली हेरी मतगणनाको काम समाप्त भएपछि सिलबन्दी गरी तोकिएको अधिकारीको जिम्मामा राखिनेछ ।
(२) उपदफा (१) बमोजिम सिलबन्दी भई रहेको मतपत्रको अधकट्टी, मतदानमा प्रयोग गरिएको मतदाता नामावली र सदर तथा बदर भएकोे मतपत्र राखिएको सिलबन्दी खाम, थैलो, बोरा वा अभिलेख प्रचलित कानून बमोजिम परेको उजूरीको सिलसिलामा अदालतले मात्र खोल्न र हेर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम अदालतको आदेशले खोली हेरिसकेपछि अदालतले ती कागजात वा अभिलेख यथारुपमा सिलबन्दी गरी राख्नु पर्नेछ । अदालत बाहेक अन्य कुनै अधिकारी वा निकायलाई त्यस्तो बन्दी खाम, थैलो वा बोरा खोली हेर्ने अधिकार हुने छैन ।
(४) यस दफामा उल्लिखित कागजात वा अभिलेख मुद्दा परेकोमा मुद्दाको अन्तिम टुङ्गो लागेको मितिले र मुद्दा नपरेकोमा उजूरी गर्ने म्याद भुक्तान भएकोे मितिले तीन महिनासम्म सुरक्षित राख्नु पर्नेछ ।
टठ। गोप्यता भङ्ग गर्न नहुने ः (१) कानून बमोजिम अधिकार पाएकोमा बाहेक निर्वाचन सम्बन्धी काम गर्न खटिएको कुनै पनि कर्मचारी, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि, मतगणना प्रतिनिधि वा अन्य कुनै व्यक्तिले मतपत्रमा मतदाताले सङ्केत गरेको मत वा तत्सम्बन्धमा आपूmलाई जानकारी रहेको वा हुन आएको अन्य कुनै कुरा कसैलाई भन्न, लेख्न वा कुनै किसिमले प्रकट गर्न वा प्रकाशन गर्न समेत हुँदैन ।
(२) यो ऐन वा अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गत चलेको कानूनी कारबाहीमा कुनै पनि साक्षी वा कुनै व्यक्तिलाई निर्वाचनमा निजले कसलाई मत दिएको हो भनी वा कसले कसलाई मत दिएको हो भनी प्रश्न गरिने छैन ।
टड। शपथ ः (१) सदस्यले राष्ट्रिय सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनु अघि राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष अनुसूची–२ बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ ।
तर संविधानको धारा ९२ को उपधारा (५) बमोजिमको सदस्यले राष्ट्रपति समक्ष शपथ लिनु पर्नेछ ।
(२) कुनै सदस्यले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले उपदफा (१) बमोजिमको शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति राष्ट्रिय सभा वा त्यसको कुनै समितिको पहिलो बैठकमा भाग लिनु तीन दिन अगावै सङ्घीय संसद सचिवालयलाई उपलब्ध गराउनु पर्नेछ ।
(३) यस दफा बमोजिम सदस्यले शपथ लिए पछि आपूmले लिएको शपथको प्रतिमा हस्ताक्षर गरी राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष पेश गर्नु पर्नेछ ।
(४) कुनै सदस्यले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिएकोमा सरकारी कामकाजको नेपाली भाषा र अन्य नेपाली मातृभाषाको शपथको प्रतिहरुमा हस्ताक्षर गरी राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष पेश गर्नु पर्नेछ ।
(५) यस दफा बमोजिम सदस्यले लिएको शपथको अभिलेख सङ्घीय संसद सचिवालयले राख्नेछ ।
टढ। आदेश जारी गर्ने र निर्देशन दिने ः (१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा लेखिएको कुराका अतिरिक्त निर्वाचनको सम्बन्धमा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमकोे अधीनमा रही आयोगले आवश्यक आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेश नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
(२) आयोगले निर्वाचन सञ्चालनको लागि निर्वाचनको काममा खटिएका कर्मचारीलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(३) यस दफा बमोजिम आयोगले जारी गरेको आदेश र निर्देशन पालना गर्नु नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारी कार्यालय तथा निकाय, सरकारी, अर्धसरकारी तथा गैरसरकारी संस्था तथा निकाय, दल, उम्मेदवार, निजको प्रतिनिधि, निर्वाचन सम्बन्धी काम कारबाहीको प्रचार प्रसार गर्ने व्यक्ति तथा निर्वाचनको काममा खटिएका कर्मचारी समेतको कर्तव्य हुनेछ ।
ठण्। मद्दत लिन सक्ने ः (१) निर्वाचन अधिकृत, मतदान अधिकृत वा आयोगले निर्वाचनको काममा खटाएको अनुगमन टोली, पर्यवेक्षक वा अन्य कुनै अधिकृतले निर्वाचनको कामको सिलसिलामा कुनै पनि सरकारी वा सुरक्षा निकायको मद्दत लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम मद्दत मागिएमा आवश्यक मद्दत पु¥याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
ठज्ञ। कारबाही गर्न सक्ने ः कुनै निर्वाचन अधिकृतले संविधान, कानून, निर्देशिका, कार्यविधि र आयोगले दिएको निर्देशन विपरीत कार्य गरेमा आयोगले त्यस्तो निर्वाचन अधिकृतको नियुक्ति बदर गरी अर्को निर्वाचन अधिकृत नियुक्त गर्न वा विभागीय कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।
ठद्द। नियम बनाउने अधिकार ः आयोगले यो ऐन कार्यान्वयनको लागि आवश्यक नियम बनाउन सक्नेछ ।
ठघ। निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्ने ः आयोगले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आवश्यक निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार