अल्लो उद्योगबाट आम्दानी गर्दै महिलाहरु

अल्लो उद्योगबाट आम्दानी गर्दै महिलाहरु

  रोल्पा, फागुन २७ ।  800 पटक हेरिएको

महिलाहरु पनि सामुहिक रुपमा एक भएर अगाडी बढ्यो भने सफल भइन्छ भन्ने उदाहरण रोल्पा लिबाङका महिलाहरुले देखाएका छन् ।उनीहरुले करिव ४ वर्ष पहिले रोल्पा लिबाङस्थित रोल्पा सामुदायीक अल्लो कपडा उद्योग सञ्चालन गरि सामुहिक रुपमा राम्रो आम्दानी गर्दै आएका छन् । महिलाहरुले घरको चुलो चौकोमै सिमित हुनुपर्छ भन्ने मान्यतालाई समेत यी महिलाहरुले चुनौति दिएका छन् । ९ जना महिलाहरुको समुहले सुरुमा ३ लाख रुपैयाँको लगानीबाट अल्लो उद्योग सञ्चालन गरेका हुन । हाल उनीहरुले सञ्चालन गरेको उद्योगमा ९ जना शेयर सदस्य र अन्य ३ जना कामदार गरि १२ जना महिलाहरुले उद्योग सञ्चालन गर्दै आइरहेका छन् । उनीहरुले मासिक ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ सम्म आम्दानी गर्दै आएको उद्योगकी अध्यक्ष गिता आचार्यले जानकारी दिनुभयो । उद्योगले मासिक २५ हजार रुपैयाँ सम्म बचत गर्दै आएको छ उहाँले भन्नु भयो । आचार्यले भन्नु भयो–‘कसैले अलि छिटो काम गर्नुहुन्छ कसैले अलि ढिलो गर्नुहुन्छ’ । उद्योगले बुनाइको सेन्टीमिटरको आधारमा कामदारहरुलाई ज्याला उपलब्ध गराउँदै आइरहेको छ । उद्योगमा अल्लोका कोट, टोपी, झोला, लगायतका विभिन्न कपडाहरु उत्पादन गर्दै आइरहेको छ । उत्पादित कपडाहरु स्थानीय स्तरमा भन्दा बाह्य जिल्लामा बढी निर्यात हुने गरेको आचार्यले बताउनु भयो । उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ भ्याए सम्म आफुहरुलेनै उत्पादन गर्ने गरेको बताउुभयो । हाम्रो उद्योगमा गाउँतिरका पनि हुनुहुन्छ उहाँहरु माफर््त ल्याउँछौं आचार्यले भन्नु भयो । सरकारले स्थानीय स्तरमा स्थापना भएका घरेलु साना उद्योगहरु पर्वद्धन गर्ने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको छ । स्थायीत्वका लागि आवश्यक सहयोग तथा तालिम दिने गरेमा यी उद्योगहरुले स्थानीय स्तरमा रोजगारी र आम्दानीलाई सहयोग पु¥याउने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार