असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म २७ तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १३६ तहमध्ये एउटा तहबाहेक सबै तहमा यतिबेला मतगणना जारी छ ।
अहिलेसम्म नेपाली कांग्रेस ९ स्थानीय तहमा विजयी भएको छ । नेकपा एमाले ४ तहमा विजयी भएको छ । नेकपा माओवादी केन्द्र ५, संघीय समाजवादी फोरम ३, लोकतान्त्रिक फोरम २ र राजपा ४ ठाउँमा विजयी भएका छन्।