मगर जातीको ऐतिहासिक वृतान्त, संस्कृति“थालीनाँच”

  मनास्लु पोष्ट  3627 पटक हेरिएको

 

मगर जातीको ऐतिहासिक वृतान्त, संस्कृति“थालीनाँच”धौलागिरी अञ्चल म्याग्दी जिल्लाको चिमखोलावाट सुरुवात भएको हो । २०२८ साल देखि चिमखोलाको हिरामाया पुनले सुरुवात गरेको यो थालीनाच त्यहि समय देखि नै म्याग्दीको रघुगंगा सेरोफेरोको मगर गाउँहरुमा नाचिने गरिन्थ्यो । त्यहि समयको थाली नृत्याङ्गना झिं गाउँको गोरीपाईजा (गर्बुजा) पनि हुनुहुन्छ ।
थालीनाँच दुईवटा थाली हातमा लिएर नाचिन्छ । यसको कुनै सिमित नियम हुँदैन । स्टेपहरु प्नि यति नै हुन्छ भनेर किटान गरिएको छैन । नाच्ने ब्यक्तिले कसरी आकर्षण गर्न सक्छ त्यसमा भर पर्छ । ताल भने कुनै बाजा, म्यूजिक अनि गीत अनुसार हुन्छ । थालीनाच नाच्दा ताल गितअनि शरिरको हाउभाउमा थालीको ब्यालेन्स मिलाउनु पर्छ यदि यि सवै कुराको व्यालेन्स मिलेन भने थाली भुईमा खस्छ । यो सामान्य कुरा हो । अरु नाच भन्दा थालीनाच थाली सहित नाच्ने भएकोले अलि गा¥हो हुन्छ प्रयास गर्यो भने यो नाच जो कोहि पनि सजिलै नाच्न सक्छ ।
थालीनाच्दा हामी नेपालीहरुले दैनिक भात खाने गरेको चरेस या स्टीलको थाली प्रयोग गरिन्छ । पौराणिक कालमा मगर समुदायको विहे, ब्रतवन्ध, पुजाआजामा पञ्चे बाजाको तालमा नाचिन्थ्यो । साथै कुनै मेलामा या अरु कुनै बेला रोधी बस्दा गाइने झ्याउरे गीतमा पनि नाचिन्थ्यो । केहि समय पश्चात थालीलाई जोडेर थालीगीत गाएर पनि नाच्न थालियो । जुन गीतमा स्टेज प्रोग्रामहरुमा पनि थाली नाचिन सुरु गरियो । त्यस पछि अरु गाउँहरुमा पनि फाटफुट थाली नाचेको पाईयो । निकै समय पछि अनौठो र रोचक मानिने यो थालीनाचले राष्ट्रिय प्रोग्रामहरुमा पनि भागलिन थाल्यो । यो थालीनाचप्राय महिलापुरुषजो पनि नाचेता पनि स्टेज प्रोग्रामहरुमा भने प्राय महिलाहरु मात्र नाचिन्छ । त्यो समयमा म्याग्दी जिल्लाको प्राय मगर गाउँहरुमा छोरी चेलीहरु नाच्नु हुँदैन घर छोड्नु हुँदैन भन्ने संकोच थियो त्यसैले प्रायजो कोहि पनि महिला दिदीबहिनीहरु अरु ठाउँमा नाच्न जान सहज थिएन ।
बाहिरको प्रोग्रामहरुमा प्राय चिमखोलाकै कलाकारहरुले भागलिन्थे जसमा थममाया थापा (सांसद म्याग्दीजिल्ला) धनकुमारी थापा जस्ता त्यति बेलाका शिक्षित महिलाहरुको भुमिका ठूलो छ ।
मध्य समयमा थालीगीत रेकर्ड गराएर पनि नाच्न थालियो । थाली गीतको पहिलो गायिका म्याग्दी जिल्ला चिमखोलाको धनकुमारी थापा हुनुहुन्छ । त्यति बेला थालीनाच निकै प्रख्यात भयो छिमेकी जिल्लाहरुमा पनि नाच्नथा लियो । काठमाण्डौको साधना कला केन्द्रमा अति उत्कृष्ट थाली नृत्यङ्गनाहरु जन्मिए ।
“नेपालमा बनेको थाल
थालबाट देखिन्छ नेपाल”
मैले यो शब्द रचेर झिं गाउँको मेलामा एक जना बहिनीलाइृ नचाएको थिए । साधना कला केन्द्रले लय अनि शब्दहरु मिलाएर राम्रो थाली गीत रेकर्ड गराई थाली नचाउने गरेको थियो । यो गौरवको कुरा हो ।
म पनि सानो उमेरदेखि नृत्य र गीत संगितमा रुचि राख्दथें । मेरो स्व.बाबा लक्ष्मण पाईजा भारतिय सेनामा हुनुहुन्थ्यो वहाँले गाउँको मेलाहरुमा काका दिदी, फुपु दाईहरुलाई तालिम गराएर सांस्कृतिक कार्यक्रम देखाउनु हुन्थ्यो रे । मलाई अलि अलि याद छ । हामीलाई खेलाउदा बाबाले गीत गाउन लगाउने, ल्पेटलाई थाली जस्तै गरी नचाउन लगाउने अनि बाबाको फुलेको कपाल उखेल्न लगाउने अनि चकलेट पुरस्कार दिने गर्नु हुन्थ्यो । ल्पेटं संग खेल्दा खेल्दै म पनि थाली नाच्ने भएछु । सानै उमेर देखि नै नाच्ने भएपनि मैले कुनै अवसर पाएको थिइन ।
औपचारीक रुपमा २०४२, ४३ सालतिर गाउँको मेलामा भजन गीतवाट थालीनाच सुरु गरेको थिए । त्यस पछि २०४५ मा बिद्यामन्दिर माध्यमिक विद्यालय बाग्लुङ्ग जहाँ मैले अध्ययन गरेको थिए ।
हाम्रो स्कुलको चन्दा संकलनको लागि बाग्लुङ्गबजारको पुरै अफिसहरु अनि बजारमा करिव २५, २६ दिन सम्म साँस्कृतिक ग्रुुपमा खालीहात,थालीहात नाच्दै हिडेकीथिए । थालीगीतको शब्दहरु मेरो नै थियो (नेपालमा बनेको थाल थालवाट देखिन्छ नेपाल, यो मेरो स्टीलको थाल, थालबाट देखिन्छ नेपाल) लगत्तै बाल संगठनको क्षेत्रिय सम्मेलन बाग्लुङ्गमै थालीनाच देखाए । जुन बेलाहाम्रो नायिका मिथिला शर्मा मेम बाल संगठनको सदस्य हुनुहुन्थ्यो । वहाँसंग नाच्दाको रमाईलो क्षण अझै स्मरणिय छ । २०४९ सालमा तनहुँको खैरेनिटारमा कृषिसँग सम्बन्धित चार पाते युवा ल्कवको कार्यक्रममा साँस्कृतिक कार्यक्रम ब्यक्तिगत तर्फ थाली नचाएर ४० जिल्ला माम्याग्दी जिल्ला प्रथम बनाएकी थिंए ।
२०५१सालमा कामको सिलसिलामा दक्षिण कोरिया पुगेकी थिंए । त्यहाँ पनि नेपाल सम्पर्क समिति, बुदिष्ट फेमीली, नव प्रतिभा ग्रुप धरान, अन्य विदेशी नेपाली प्रोग्रामहरुमा पनि नाच्थे । जहाँ थाली पनि नचाउँथे ।
यी सवै मेहनत स्वरुप म धार्चे मनास्लु राष्ट्रिय म्यागेजिनद्धारा सम्मानित हुने मौका पाएँ । यसले मलाई जिम्मेवारी थपिएको महसुस गराएको छ । मैले अध्ययन गर्दै जाँदा थालीनाचलाई विभिन्न नामाकरण गरेको पाएँ । म एउटा थाली नृत्यङ्गनाको नाताले सवैमा ध्यानाकर्षण गराउन चाहन्छु । थालीनाच मगर जातीको संस्कृति, मध्य एक हो । परापुर्वकाल देखि नै म्याग्दीको मगर बस्तीहरुवाट सुरु भएको यो थालीनाचले म्याग्दी जिल्लामा धेरै पुरस्कार भित्रयाई सकेको छ । आज पनि यो नाच यथावत नै छ । मगर बाजा चितवन मगर बाजा पोखरा, मगर बाजा यू.के मा पनि थालीनाच नाचिन्छ । तर अझ पनि हामी यो थालीनाचलाई यथावत र बिकसित गराउँदै लैजान सम्बन्धित संघ संस्थाहरुले ध्यानदिने हो की जस्तो मलाई लाग्दछ ।
आशा छ मगर जातीको मौलिक संस्कृति“थालीनाचलाई” भविष्यका कर्णधार नव कलाकार भाई वहिनीहरुले पनि निरन्तरता दिनुहुनेछ । सवैमा अवगत गराउन चाहान्छु । यो मगर जातीको मौलिक संस्कृति भए पनि कला एउटाको मात्र होइन । हामी आम नेपाली कलाकारहरु थालीनाच नाचेर संसार भर चिनाउँ । नेपालको संस्कृति हामी सवैको साझा संस्कृति हो । हामी सम्पूर्ण नेपाली जुनसुकै जाती, धर्म, संस्कृतिको किननहोऊ रु तराई पहाड, हिमालसम्मको संस्कृतिमा रमाउने अधिकार हामी सवैमा छ । धिमाल, मयुर, संगिनी, झाँगड, चन्डी, कौडा, घाटु, झ्याउरे, सेलो, थालीनाच आदि संस्कृतिमा रमाऊँ । हामी रमायौ भने मात्र देश मुस्कुराउँछ ।

                                                                            sitathapapaija@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार