ढोरपाटनमा पाँचौ पटक भारी हिमपात

ढोरपाटनमा पाँचौ पटक भारी हिमपात

  Manaslu Post  659 पटक हेरिएको

बागलुङ २०७३ फागुन २७ । बागलुङ जिल्लाको सुदूर पश्चिममा रहेको बोवाङ गाविस- ९ ढोरपाटनमा विहान सवेरै ४ बजे देखी भारी हिमपात भैरहेको छ । हिमपातले ढोरपाटनको जनजीवन प्रभावित बनेको छ । स्थानीय कामकाजीहरुलाई हिमपातले समस्यामा पारेको छ । आज शुक्रवारको हिमपात यो वर्षको पाँचौ भारी हिमपात हो ।

‘बुधवार दिउँसै देखी कतिबेला हिउँ पर्ने, कतिबेला घाम लाग्ने गरेको थियो, उपल्लो ढेरपाटनको पाखाथरकी हिमकुमारी अदैले भनिन्, ‘हिँजो साझतिर पनि हिँउ पर्ला जस्तो भएको थियो, अहिले विहान ४ बजे देखी त हिउँ परिरहेको छ, घर भित्र र बाहिर गर्नपनि मुस्किल परेको छ ।’

‘फागुन महिना बित्न लाग्दा ढोरपाटनको मौसम घमाईलो भएको थियो, ढोरपाटन स्थित ज्योति निम्न माध्यमिक विद्यालयको नजिकै बस्ने दिलमायाँ अदैले भनिन्, ‘हिमपातले चिसो बढेपछी घरबाट निस्कनै नसकिने अवस्था आएको छ । यहि हिसाबले दिनभरी हिउँ परिरह्यो भने यहाँको जनजीवन अतिनै कष्टकर हुने देखिन्छ ।’ उनले भनिन् ‘अहिले पूरा ढोरपाटन अध्यारो भएको छ, जमीनमा हिउँको मात्रा थपिदै गएको छ, घाम लाग्ने लक्षण पनि देखिन्न ।’

‘यस वर्ष ढोरपाटनमा भारी हिमपात भएको यो पाँचौ पटक हो, स्थानीय अस्मिता कायतले भनिन्,- ‘ढोरपाटनमा पुस महिना देखी हिमपात हुन थालेको हो । यस अघी माघ १४माघ कै २४ गते ढोरपाटनमा भारी हिमपात भएको थियो ।’

आज बागलुङ जिल्लाभरकै मौसम चिसो छ । बिहानै देखी सिमसिम वर्षा भैरहेको छ । कतै घाम लागेको छैन । वर्षा सहितको चिसोले गर्दा जल्लाकै जनजीवन प्रभावित बनेको छ  ।

बुर्तिवाङबाट हाम्रा सहकर्मी छविलाल पाण्डेले दिएको जानकारी अनुसार शुक्रबार बिहानै देखि परेको अबिरल बर्षा र उच्च पहाडी क्षेत्रमा परेको हिमपातका कारण पश्चिम बागलुङको जनजीवन कष्टकर बनेको छ । यस वर्षासँगैको भारी हिमपातले स्थानीयवासीलाई मात्र नभएर पशुचौपायालाई समेत सास्ती भएको छ ।
जिल्लाको बोबाङ ढोरपाटन, अधिकारीचौर, निसिको निशेल ढोर, निसी क्षेत्र,बोङगादोभान , खुँखानी, तमान, बोहोरागाँउ, खुँगा, देबिस्थान लगाएतका
गाविसको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।धेरै दिन पछीको वर्षाले हिँउदे बाली गहुँ, जहुँ, तोरी, फापर, आलु, तथा तरकारी बालीका लिगी फाईदा पुगेको स्थानीय कृषकले बताएका छन् ।यस पटक बर्षात भएसँगै चैत्रको पहिलो सातादेखि यस क्षेत्रका कृषहरुले पाखो बारीमा खेती लगाउन सुरु गर्दछन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार