राष्ट्रपति भण्डारी आज जुम्ला जादै

  मनास्लु पोष्ट  640 पटक हेरिएको

काठमाडौं, २५ असोज – राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला सदरमुकाम जानुहुने भएको छ ।

जुम्ला खलङगामा रहेको चन्दननाथ माध्यमिक विद्यालयको नवनिर्मित विज्ञान प्रयोगशाला भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी जुम्ला जानलाग्नु भएको हो । चालीस लाख रुपैयाको लागतमा निर्वाचन क्षेत्र पूर्वाधार विकाश कार्यक्रमको सहयोगमा सो ल्याव निर्माण भएको हो ।

ल्याव उदघाटनसंगै राष्ट्रपति भण्डारीले त्यहास्थित चन्दननाथ मन्दिरमा पुजा गर्ने र राष्ट्रपति भण्डारीले हिमाली क्षेत्रमा स्थापित उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान (मारी) र त्यसअन्तर्गत गुठीचौर भेडाबाख्रा अनुसन्धान, बागवानी विकास अनुसन्धान र कृषि अनुसन्धान केन्द्र, विजयनगर, जुम्लाले हालसम्म गरेका गतिविधिको प्रदर्शनी अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यसैबिच राष्ट्रपति भण्डारी जुम्लामा जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्थालाई कडा बनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार