कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकता घोषणा हुदै

  Manaslu Post  596 पटक हेरिएको

काठमाडाैं, ३० असाेज – नेपाली कांग्रेस र विजयकुमार गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिकबीच आज पार्टी एकताको घोषणा हुदैछ । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकता हुने जनाइए पनि निर्वाचन आयोगमा समय दिनुपरेकाले एकता घोषणा आजका लागि सारिएको हो ।

दुवै दलका नेता समानुपातिकतर्फको सूचीलाई अन्तिम रुप दिन आयोगमा जानुपरेकाले एकता घोषणा आजका लागि सारिएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी एकता आज बिहान ११ बजेका लागि तय गरिएको छ ।

काँग्रेसबाट छुट्एिर उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा प्रवेश गर्नुभएका गच्छदारले २०६६ सालमा फोरमबाट छुट्टिएर नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गर्नु भएको थियो । २०६४ सालअघिसम्म काँग्रेसमा नै रहनु भएका गच्छदार पुरानै पार्टी फर्किन लाग्नु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार