गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ लापु गाउँमा एक सातादेखि फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ । दुई सयभन्दा बढी मानिस बिरामी छन् । ५० वर्षीया पनमानी गुरुङको शनिबार बेलुकी निधन भएको हो । गुरुङ एक सातादेखि ज्वरोबाट पीडित थिइन ।
गाउँमा घरघरै बिरामी भएकाले उपचार गर्न स्वास्थ्य संस्था पुग्न पनि नसकिएको लापुको शान्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरबल गुरुङले बताउए । स्वास्थ्य संस्थामा पर्याप्त औषधिसमेत नभएको गुरुङले गुनासो गरे।
धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप फैलिएको गाउँमा औषधि र स्वास्थ्यकर्मी जिल्लाबाट माग गरिएको बताएकाछन ।