काठमाडौं, ८ कात्तिक । गोरखा- २ मा डा. बाबुराम भट्टराईलाई सघाउन भन्दै संघीय समाजवादी फोरम र राप्रपा प्रजातान्त्रिकका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
बुधबार संघीय समाजवादी फोरमका सुकदेव तामाङले प्रतिनिधिसभाबाट उम्मेदवारी फिर्ता लिएका हुन् भने क्षेत्र नम्बर २ प्रदेश ‘क’बाट राप्रपा प्रजातान्त्रिकका रुद्रराज पाण्डेले नयाँ शक्तिकै उम्मेदवारलाई समर्थन गर्न उम्मेदवारी फिर्ता लिएका हुन् ।
गुरुङले पहिलो चरणको निर्वाचन भएको क्षेत्रमा फोरमले नयाँ शक्तिलाई सघाउने र दोस्रो चरणको निर्वाचनमा नयाँ शक्तिले फोरमलाई सघाउने सहमति भएपछि आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।
गोरखा- २ मा भट्टराई नेपाली काँग्रेसको समर्थनमा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् भने वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।
गुरुङको उम्मेदवारी फिर्तापछि गोरखा- २ मा बाबुरामलाई केही राहत मिलेको बताइएको छ ।