काठमाडाैं, ११ कात्तिक – राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशूलीमा खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृत्यु भएका १२ जनाको सनाखत भए पनि १८ जनाको सनाखत भएको छैन ।
सप्तरी तिलही–३ का सिमीकुमारी झाँ, सिराहा, गोलकपरका राडाकुमार यादव, सप्तरीका नरेश मुखिया, शुसान चौधरी, रमानन्द यादव, संजित कुमार झाँ, सिम्मी कुमारी झा, आदित्य यादव, पार्वती चौधारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मधुवन बिहार भारतका ममता देवी ठाकुर र सिराहाका राज कपुर यादबको सानत भएको धादिङ प्रहरी प्रमुख ध्रुवकुमार रावतले जानकारी दिनुभयो । घाइते मध्ये धेरैको धादिङमै उपचार भइरहेको छ भने अन्य दुई जनाको काठमाडौं ल्याईएको छ । पृथ्वीराजमार्ग अर्न्तगत गजुरी गाउँपालिकाको घाटबेसी भन्ने ठाउँमा बस त्रिशूलीमा खसेको हो ।सप्तरीको राजविराजबाट छुटेको बस बिहान ६ बजे दुर्घटना भएको थियो ।