नेपालमा स्टालिनकालीन कम्युनिष्ट पार्टीको औचित्य छैन : संयोजक भट्टराई

  मनास्लु पोष्ट  630 पटक हेरिएको

पोखरा, १४ कात्तिक । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नयाँ समाजवादी पार्टीको सट्टा पुरानै कम्युनिष्ट पार्टीको सोच बोकेका कारण आफ्नो दल वाम गठबन्धनबाट बाहिरिएको बताएका छन् ।

प्रेस सोसाइटी कास्कीद्वारा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपालमा स्टालिनकालीन कम्युनिष्ट पार्टीको औचित्य नरहेका कारण आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको बताए ।

गोरखा निर्वाचन क्षेत्र नं २ र नयाँ शक्तिलाई १५ सिट नपाएर वाम गठबन्धनबाट आफू बाहिरिएको कुरा हल्ला मात्रै भएको बताउँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले नयाँ शक्ति वाम र लोकतान्त्रिक पार्टीको फ्युजनभएको जिकिर गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार