सल्यान
१५-कार्तिक /सल्यानको बनगाड कुपिन्डे नगरपालिका ८ थाकलामा आन्तरिक पर्यटक वोकेको जीप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । सुर्खेतबाट पर्यटकीय स्थल कुपिन्डे दह भ्रमणका लागि आएको भे १ ज ९२७ नम्वरको टाटा सुमो जीप कुपिन्डे दह हेरेर फर्कने क्रममा बनगाड कुपिन्डे नगरपालिका ८ थाकलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर जीप चालक भेरी गंगा नगरपालिका ८ सुर्खेतका २६ वर्षिया देवराज कामी, जीपमा सवार विरेन्द्रनगरन गरपालिका ८ का ३४ वर्षिया धनमाया नेपाली र सुर्खेत मेलकुनाकी ६० वर्षिया दलसरी परियारको मृत्यु भएको छ ।
कामी र नेपालीको घटनास्थलमै र परियारको उपचारको क्रममा मेलकुना अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक नरबहादुर सलामीले जानकारी दिए ।
उकालो र घुम्तीको बाटो ओभरलोडले गति नियन्त्रण हुन नसक्दा जीप दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक सलामीले वताए । दुर्घटनामा परि घाइते भएका १६ जनामा ५ जनाको अवस्था गम्भीर रहेको उनले वताए ।