१७ किलो सुनसहित एक युवा पक्राउ

  मनास्लु पोष्ट  533 पटक हेरिएको

गोरखाको लार्केबाट मनाङ हुँदै लम्जुङतर्फ लगिदै गरेको १७ किलोग्राम सुन लम्जुङको खुदीमा बरामद भएको छ।झोलामा राखिएको सुनसहित बा ५८ प ४२९१ नम्बरको मोटरसाइकलमा सवार नासोङ गाउँपालिका ९ दानाक्यू मनाङका पासाङ लामालाई पक्राउ गरिएको प्रहरीचौकी खुदीका इन्चार्ज असई नमराज भट्टराईले जानकारी दिए।खुदी चेकपोष्टमा चेकजाँच गर्न खोज्दा अटेर गरी भागेपछि लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

लामाले गोरखा र तिब्बतको सीमानामा पर्ने लार्के भञ्ज्याङ हुदै सुन ल्याएको प्रारम्भिक बयानमा स्वीकार गरेको असई भट्टराईले जानकारी दिए।
प्रारम्भिक बयान लिँदा लार्केबाट बेशीसहर पुर्‍याउने मेरो जिम्मा थियो भनेर खुलाएको छु असई भट्टराईले भने ‘थप कुरा त अब खुल्नेछ।सुनसहित लामालाई जिल्ला प्रहरी कार्यालयमा बुझाउने तयारी भइरहेको असई भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार