एजेन्सी । कुनै मानिस समय–समयमा रक्तदान गरिरहेका हुन्छन् भने कोही चाहेर पनि दिन पाइरहेका हुँदैनन् । यसको एक कारण उनको मनमा परेको गलत सोचाई पनि हुन सक्छ, जुन बास्तवमै निराधार हो । अब थाहा पाउनुहोस्, यससंग जोडिएका केही भ्रम र केही अहम कुराः
– रक्तदानलाई लिएर मानिसको मनमा सबैभन्दा बढी भ्रम आफ्नो शरीरमा रगत कम हुने होकी भन्ने हुन्छ । तर, रक्तदान गरेको ४८ घण्टापछि नै दान गरेको रगत शरीमा पूर्ति हुने गर्छ । यति तपाई स्वस्थ र फुर्तिलो हुुनुहुन्छ भने तीन महिनाको एकपटक रक्तदान गर्न सक्नुहुन्छ ।
– मानिस रक्तदान गरेपछि कमजोरी भइने हो कि भन्ने पनि सोच्छन् । तर, यस्तो केही पनि हुँदैन । बरु रक्तदान गर्दा मुटु सम्बन्धि रोग लाग्ने सम्भावना कम हुन्छ । शरीरमा अनावश्यक फलाम जम्मा हुने कार्य पनि रोक्छ ।
– क्यान्सर रोगीले रक्तदान नगरौं
– यदि कोही एड्स पोजिटिभ हुनुहुन्छ भने भुलेर पनि रक्तदान नगर्नुहोस् ।
– यदि शरीरमा ट्याटु वा कुनै सर्जरी गरेको छ भने त्यस्तो व्यक्तिले रक्तदान गर्नका लागि कम्तिमा चार महिना कुर्नुपर्छ ।
– रक्तदान गरेपछि आराम गर्न जरुरी हुन्छ भन्ने भ्रम पनि छ । तर, तपाई सामान्य तरिकाले दिन व्यतित गर्न सक्नुहुन्छ । त्यो दिन पानी बढी पिउनुपर्छ भने धुम्रपान तथा मध्यपान भने गर्नुहुन्न । लामो दुरीको यात्रा र धुपमा जान भने हुँदैन ।
– गर्भवती महिलाले पनि रक्तदान गर्न मिल्दैन । साथै १७ वर्ष मुनिका व्यक्तिले पनि रक्तदान गर्नहुन्न ।
– उमेर ढल्किन लाग्यो भन्दैमा अब रक्तदान गर्न मिल्दैन भन्न पनि सकिँदैन । डाक्टरको चेकजाँचमा रिपोर्ट सामान्य आएरमा तपाई रक्तदान गर्न सक्नुहुन्छ ।
– यदि पछिल्लो १२ महिनाको अवधिमा हेपटाइटिस वा जन्डिसबाट ग्रस्त हुनुहुन्छ भने रक्तदान गर्न सक्नुहुन्न ।