जित बाबु, तिमीले जित्नैपर्छः बाबुरामलाई वृद्धाको आशिर्वाद

  Manaslu Post  806 पटक हेरिएको

काठमाडौं, १७ कात्तिक । गोरखाको बारपाकलाई इपिसेन्टर बनाएर गएको विनाशकारी भूकम्पपछि नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई गृहजिल्ला गोर्खा पुगेका थिए । त्यतिबेला गोरखाको बालुवा पुगेका डा.भट्टराईले स्थानीय एक वृद्धाको आँसु पुछेको तस्बिर पत्रपत्रिका र सामाजिक सञ्जालहरुमा भाइरल बनेको थियो ।

ती वृद्धा हुन् गोरखा अजिरकोटस्थित बालुवाकी मनमाया गुरुङ । आसन्न निर्वाचनको क्रममा गोर्खाको क्षेत्र नं। २ बाट प्रतिनिधिसभाको लागि नयाँ शक्तिबाट उम्मेदवार बनेका डा.भट्टराई अहिले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा छन् । यही क्रममा उनी बालुवाकी मनमाया भेट्न र आशिर्वाद लिन शुक्रबार विहान त्यहाँ पुगेका हुन् । भट्टराईले उनलाई भेट्दै पुरानो भेटबारे स्मरण गराए । उनले भने, ‘पहिले आउँदा बाटोमा भेट भएको थियो आमा, अहिले भेट्न नै आएको । विजयको लागि आशिर्वाद लिन आएको ।’
पूर्वप्रधानमन्त्री भइसकेका डा. भट्टराईको कुरा सुनेर मनमाया हर्षित् भइन् । उनले भनिन्, ‘जित बाबु, तिमीले जित्नै पर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार