डोल्पामा एमाले र माओवादी केन्द्रबीच कुटाकुटः युवा संघका अध्यक्ष रुद्र शाही गम्भीर घाइते

  मनास्लु पोष्ट  702 पटक हेरिएको

दुनै डोल्पा १९ कार्तिक
डोल्पामा केन्द्रमा भएको चुनावी तालमेल प्रति असन्तुष्टि जनाउदै एमाले र माओबादी केन्द्रका कार्यकर्ता बिच कुटाकुट भएको छ ।

चुनाव प्रचार प्रचारको क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकता र माओबादी केन्द्रका स्थानीय कायकर्ता बिच कुटाकुट भएपछि मुड्केचुला गाउपालिकाका युवा संघका अध्यक्ष रुद्र शाही गम्भिर घाईते भएका छन् ।

माओवादीका स्थानीय कार्यकर्ताहरुले शाही माथि चिर्पट दाउराले प्रहार गरि घाईते बनाएको प्रहरीले जनाएको छ ।
अखिल क्रान्तिकारीका जिल्ला सदस्य टक्क शाहीले अध्यक्ष शाही माथि लुकेर आक्रमण गरेको एमाले डोल्पाको आरोप छ ।

चिर्पट दाउरा प्रहार गर्ने अखिल क्रान्तिकारीका टक्क शाही प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रचार टोली गाउमा पुगिसकेपछि शाही माथि आक्रमण भएको एमालेले जनाएको छ ।

कुटपिट पछि गम्भिर घाईते भएका शाहीको प्रारम्भिक उपचार कालिका फेमली अस्पतालमा गर्दा पनि होस नखुलेपछि थप उपचारको लागि नेपालगञ्ज लगिएको बताईएको छ । घाइते शाही अझै अचेत अवस्थामै छन्

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार