२६४ उम्मेदवार सूचीबाट हटे, ४ हजार ४ सय ८३ उम्मेदवार चुनावी मैदानमा

  Manaslu Post  504 पटक हेरिएको

काठमाडौं । दोस्रो चरणमा २०७४ मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरी आयोगबाट स्वीकृत उम्मेदवाहरुलाई आज ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिह्न प्रदान गरिएको छ ।

कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ पदका लागि उम्मेदवारी दर्ता गराएका र आयोगबाट स्वीकृत भएका उम्मेदवारहरुलाई आज निर्वाचन प्रदान गरिएको हो ।

आयोगको सूचना प्रविधि महाशाखाबाट प्राप्त जानकारी अनुसार, कायम रहेका ४,७४७ जना उम्मेदवारहरुमध्ये आज साँझ ६ बजेसम्म प्राप्त विवरण अनुसार दुई जनाको उम्मेदवारी रद्द, चारजनाको दाबी विरोधबाट खारेज र २५८ को उम्मेदवारी फिर्ता गरी जम्मा २६४ जना व्यक्तिको नाम उम्मेदवारहरुको सूचीबाट हटेको आयोगले जनाएको छ ।

निर्वाचन चिह्न प्रदान गरिएका उम्मेदवाहरुको अन्तिम विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार