माओवादी केन्द्रको समानुपातिक उम्मेदवारको मोटरसाइकलबाट पेस्तोल बरामद

  Manaslu Post  767 पटक हेरिएको

२१ कात्तिक, गोरखा । माओवादी केन्द्रको समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेकी सुशीला सिंखडा चढेको मोटरसाइकलबाट पेस्तोल बरामद भएको छ ।प्रहरीले मंगलबार दिउँसो गोरखाको भीमसेन गाउँपालिका(३, धावामा उनी चढेको मोटरसाइकलबाट पेस्तोल बरामद गरेको हो ।

प्रहरीका अनुसार चेक जाँचका क्रममा मोटरसाइकल चालक झोला छोडेर भागेका थिए । उनको झोलाबाट पाकिस्तानी पेस्तोल र ३ राउण्ड गोली बरामद गरिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार