नेपालमा रेल सम्भाव्यता अध्यन गर्न चिनियाँ टोली  लुम्बिनी जाँदै

  मनास्लु पोष्ट  522 पटक हेरिएको

काठमाडौ, २३ कार्तिक – नेपालमा रेल सम्भाव्यता अध्यन गर्न आएको चिनियाँ टोली आज लुम्बिनी जाने भएको छ । केरुङ–काठमाडौं रेलमार्ग अध्ययन तथा छलफलका लागि चिनियाँ टोली नेपाल आइपुगेको हो ।

चाइना रेल्वे एडमिनिस्ट्रेसनका उप–प्रशासक झियान जियानको नेतृत्वमा २३ सदस्यीय टोली आज काठमाडौं आइपुगेको हो । टोली हिजो केरुङ, पोखरा पुगेर रेलमार्गको सम्भाव्यताबारे अध्ययन गरिसकेको छ ।

दुई सरकारबीच भएको सम्झौताअनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे नेपालसँग छलफल गर्न उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको बताइएको छ । अध्यन सकेपछि भोलि नेपाली अधिकारीसँग वार्ता हुनेछ । छलफल नेपालमा रेलमार्ग निर्माणका लागि चीन सरकारले गर्न सक्ने सहयोग र सम्भाव्यता अध्ययनका विषयमा केन्द्रित हुनेछ ।

चीन सरकारकै चासो र नेपाल सरकारको पहलमा भएको यो भ्रमणपछि रेलमार्ग निर्माणमा चीनले सहयोग गर्ने या नगर्ने भन्ने तय हुने र एजेण्डा तय हुने रेल्वे विभागका प्रवक्ता प्रकाश उपाध्यायले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार