स्वतन्त्र र निष्पक्ष पर्यवेक्षण गर्न पर्यवेक्षकहरूलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह

  मनास्लु पोष्ट  561 पटक हेरिएको

 

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको स्वतन्त्र र निष्पक्ष पर्यवेक्षण गर्न पर्यवेक्षकहरूलाई आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगमा आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण लागि आयोगबाट अनुमति प्राप्त गरेका राष्ट्रिय संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूसँगको अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त डा। यादवले निर्वाचनको पर्यवेक्षण गर्दा नजिकका स्थान र सहरी क्षेत्रमा मात्र नभई दुर्गम स्थानमा समेत गएर पर्यवेक्षण गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा निर्वाचन आयुक्त नरेन्द्र दाहालले स्वदेशी तथा विदेशी पर्यवेक्षकले स्वतन्त्र र निष्पक्ष भएर गरिने पर्यवेक्षणबाट उम्मेदवार, मतदाता तथा सरोकारवालाहरू सर्तक हुने भएकाले निर्वाचनलाई सफल बनाउन र निर्वाचनको गरिमा बढाउन सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा आगामी निर्वाचनको पर्यवेक्षण लागि आयोगबाट अनुमति प्राप्त गरेका विभिन्न २५ संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार