नारायणगढ–मुग्लिन सडकखण्ड आज सात घण्टा बन्द हुने

  कल्पना थापा  1135 पटक हेरिएको

काठमाडौं, २५ कार्तिक – चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज सात घण्टा बन्द हुँदै छ । सडकखण्ड अन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन आज सात घण्टा सवारी बन्द हुन लागेको हो ।

नारायणगढ–मुग्लिक सडक आयोजनाका अनुसार उक्त सडकखण्डको सेती दोभानमा खस्न लागेको चट्टान रहेकाले जोखिम बढेको भन्दै आज बिहान १०बजेदेखि साझँ ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले जानकारी दिनुभयो ।

यसैबिचः भोलिदेखि भने कालोपत्र गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा बीचबीचमा सडक रोक्दै काम अघि बढाइने खनालको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार