रौतहटको वामभेलामा शक्तिशाली बम विष्फोटः विष्फोट परेर ११ जना घाइते

  मनास्लु पोष्ट  634 पटक हेरिएको

चन्द्रपुर, रौतहटको चन्द्रपुरमा वाम गठबन्धनको भेलामा शनिबार शक्तिशाली बम विष्फोट भएको छ। दिउँसो ३ बजे भएको विष्फोट परेर ११ जना घाइते भएका छन् ।
चन्द्रपुर ५ का आमाछोरा ३१ वर्षीया सरिता राई र ७ वर्षीय जैविक राई गम्भीर घाइते भएका छन्। सभामा बसेकै स्थानमा गाडेको बम विष्फोट हुँदा आमा छोरा घाइते भएका हुन् । उनीहरुको पेट, खुट्टा र कम्मरमा ठूलो चोट लागेको छ। दुवै जनाको अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन् ।
यस्तै विष्फोटमा चन्द्रपुर ५ का ४५ वर्षीय लक्ष्मी राई, ५५ वर्षीय रामबहादुर बिक, ४८ वर्षीया कुन्ता खत्री, ३९ वर्षीय गोपाल बिक, ४५ वर्षीया दिलमाया राई, ५० वर्षीया यमुना काफ्ले , चन्द्रनिगाहपुर अस्पतालका कार्यालय सहयोगी ४९ वर्षीय गजेन्द्र झा र परिचर लक्ष्मी राईलाई पनि चोट लागेको छ ।
घाइतेलाई चन्द्रनिगापुरमा प्राथमिक उपचारपछि चितवन लगिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
‘भेला सकेर कोही खाजा खाने क्रम थिए, कोही घरजाने क्रममा थिए । अचानक बम विष्फोट भयो’, घटनाका प्रत्यक्षदर्शी वाम गठबन्धनका नेता उद्धव रेग्मीले भने ।

घटना निन्दनीय भएको भन्दै गठबन्धनका नेताले घोर भत्र्सना गरेका छन्। मानवता विरोधी घटना गराउने दोषीलाई कारबाही गर्न माग गर्दै वाम गठबन्धनका नेताले विज्ञप्तिमार्फत् सरकारसँग माग गरेका छन् । भेलामा एमालेकी केन्द्रीय सदस्य कल्याणी खड्का, माओवादीका पोलिटब्यूरो सदस्य युवराज भट्टराई, एकराज थापा, प्रदेश सदस्य उद्धव रेग्मी, निर्वतमान संसद रामकुमार भट्टराई लगायत नेता सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार