प्रकाशको पशुपति आर्यघाटमा दाहसंस्कारः प्रचण्डले दिए छोरालार्इ दागबत्ती

  मनास्लु पोष्ट  900 पटक हेरिएको

काठमाडौं, आइतबार निधन भएका आफ्ना छोरा प्रकाश दाहालको पार्थिव शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दागबत्ती दिएका छन्। प्रकाशको अपरान्ह पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो। प्रकाशका छोराको ब्रतबन्ध नगरेका कारण बुबा प्रचण्डले नै दागबत्ती दिएका हुन्।

हृदयाघातबाट  प्रकाशको आइतबार बिहान निधन भएको थियो। अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लानुअघि उनको पार्थिव शरीर माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा राखिएको थियो।

अन्तिम श्रद्धान्जली दिन विभिन्न पार्टीका शीर्ष नेताका साथै पार्टीका नेता कार्यकर्ता र शु्भचिन्तकको पशुपति आर्यघाटमा भीड लागेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार