‘विप्लव’ का दाई ‘वीरजंग’ काठमाडौँबाट पक्राउ

  मनास्लु पोष्ट  1124 पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ का दाई चन्द्र बहादुर चन्द ‘वीरजंग’ काठमाडौँबाट पक्राउ परेका छन् ।

पार्टीको लुम्बिनी व्यूरोको इन्चार्ज समेत रहेका चन्द्रबहादुर पक्राउ परेको उनको पार्टीले पुष्टि गरेको छ । पार्टी स्रोतका अनुसार छोराको उपचारका लागि काठमाडौं आएका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले नेकपाका नेता कार्यकर्तामाथि निगरानी बढाउँदै उनीहरुलाई देशका विभिन्न भागहरुबाट पक्राउ गरिरहेको छ ।

देशका विभिन्न भागमा राजनीतिक दल र उम्मेदवारहरुलाई लक्षित गरेर भएका बम विस्फोटमा नेकपाको हात रहेको प्रहरीको ठम्याई छ । तर, पार्टीले भने अझै सम्म यसको जिम्मेवारी लिएको छैन ।

यसअघि अनेरास्ववीय अध्यष नविना लामाका पिता माणिक लामा पनि आफ्नै निवासबाट पक्राउ परेका थिए । उनी पनि विप्लव नेतृत्वको पार्टीका आबद्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार