केन्याले टस जित्यो, नेपालको पहिले ब्याटिङ, ज्ञानेन्द्र कप्तान

केन्याले टस जित्यो, नेपालको पहिले ब्याटिङ, ज्ञानेन्द्र कप्तान

  Manaslu Post  579 पटक हेरिएको

काठमाडौं, फागुन २८ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबिचको खेलमा केन्याले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । केहीबेरमा नेपालको ब्याटिङ सुरु हुनेछ ।

खेल समय पानीले गर्दा प्रभावित भएकाले खेल ३८ ओभरमा झारिएको छ । नेपाल र केन्याबिचका शनिबार त्रिवी क्रिकेट मैदानमा खेल भइरहेको हो । ९ बजे टस गरेर साढे ९ बजेदेखि खेल थाल्ने तालिका भएपनि पानी परेपछि ढिला भएको हो । शुक्रबार दिउँसोदेखि लगातार परिरहेको पानीका कारण पिच र आउट फिल्ड भिजेकाले समस्या आएको थियो ।

नेपालका नियमित कप्तान पारस खड्का अस्वस्थ रहेकाले ज्ञानेन्द्र मल्लले कप्तानी गरिरहेका छन् ।

अम्यारले पिच र मैदानको अवस्था निरीक्षण गरेपछि शनिबार नै खेल हुने निर्णय गरका थिए । शनिबारको खेलमा सिंगापुरका सारिका र नेपालको विनयकुमार झा अम्पायर छन् भने रिजर्भ अम्पायरमा नेपालकै देवेन्द्र सुवेदी छन् ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या आमने सामने भएका हुन् । खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । दुवै टोली शीर्ष चारमा रहनको लागि पनि कडा प्रतिस्पर्धामा छन् । शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा खेल्न मौका पाउनेछन् ।

नेपालले केन्यासँगको दुवै खेल जितेमा १० अङ्क जोड्दै पाँचौं स्थानमा उक्लनेछ । जसले शीर्ष चारको सम्भावनालाई कायम राख्नेछ । यदि दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा रहर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ ।

जारी प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अङ्क जोड्दै आठ टोली सम्मिलित च्याम्पियनसिपको छैटौं स्थानमा छ । त्यस्तै समान आठै खेल खेलेको केन्या चार खेलमा जित हासिल गर्दै आठ अङ्कका साथ अङ्क तालिकामा नेपालभन्दा एक स्थान अगाडि छ ।

केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेपालसँगको खेलपछि नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ । केन्यासँगको खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको थियो । केही दिनअघि मात्र नेपाल एक साताको भारत भ्रमण गरेर फर्किएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार