बाम गठबन्धन विजयी भएमा देशमा साम्यवाद हावी हुने, नेका नेता ढुंगाना

  मनास्लु पोष्ट  620 पटक हेरिएको

मिथिलेश्वर(धनुषा) १३ मंसिर । धनुषा निर्वाचन क्षेत्र नं १बाट प्रतिनीधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुंगानाले आसन्न निर्वाचनमा बामपन्थीले जितेमा देशमा साम्यवाद हावी हुने बताउनुभएको छ ।

निर्वाचन क्षेत्र नं १ अन्तर्गतको मिथिलेश्वर, निकास , ललिया , खत्वेटोलमा घरदैलो र कोणसभा कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले यस पटकको निर्वाचन देशमा लोकतान्त्रिक शासन पद्धति चलाउने कि कम्युनिष्ट व्यवस्थातिर जाने भन्ने सन्दर्भमा जनमत संग्रह भएकोले ७० बर्षदेखि नेपाली जनताको मौलिक अधिकार र लोकतन्त्रका लागि लडिरहेको नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले बाम गठबन्धन विजयी भएमा देशमा साम्यवाद हावी हुने बताउनुभयो ।
प्रजातन्त्रमा जनता नै निर्णायक शक्ति हुने र व्यक्तिका सबै अधिकार सुरक्षित हुने र कम्युनिष्ट व्यवस्थाले व्यक्तिको सम्पत्तिमाथिको अधिकार सहित सबै मौलिक हक अपहरण गर्ने भएकोले काँग्रेसको रुख छापमा मतदान गरी आजसम्म हजारौं शहिदहरुको बलिदानले ल्याएको प्रजातन्त्रको बचाउ गर्न सबैसँग आग्रह गर्नुभएको थियो ।
नेकपा एमाले र माओवादीले आपसी गठजोर गरेर प्रजातन्त्रलाई कमजोर पारै विस्तारै समाप्त गर्र्ने षडयन्त्र गरेकोले त्यसलाई विफल पार्न काँग्रेसमा मतदान गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा एमाओवादी ललिया गाविसका पुर्व अध्यक्ष रामपदार्थ मंडल (जनकपुरिया) , मिथिलाबिहारी नगरपालिकाका उपमेयरका प्रत्यासी सुशिलादेवी मंडल लगायत दर्जनौं व्यतिm नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार