मनास्लु पोष्ट । करिव दश बर्ष देखि निरन्तर नेपाली मौलिक लोक संगीतको क्षेत्रमा गायन तथा शब्द संगीतमा क्रियाशिल रहदै आएका दयाराम गुरुङ हिजो आज लोक तथा दोहोरी गायनमा बेष्ट रहदै आएका छन ।
केवारे भञ्ज्याङ गा.बि.स १ साविकको वालिङ नगरपालिका ७ केवारे भञ्ज्याङ स्याङजामा जन्मिएका दयाराम गुरुङ बिधार्थीे जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो गायन प्रस्तुत गर्दथे ।
बिभिन्न कार्यक्रमहरुमा गायन प्रस्तुती दिदै आएका दयाराम गुरुङले हाल सम्म १० ओटा गीतमा शब्द संगीत र १५ भन्दा बढि गीतहरुमा स्वर रेकर्ड गराई सकेका छन । औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका दयाराम गुरुङ बिभिन्न कारणले करिव ६ बर्ष ओझेलमा परेको उनि हाल १ बर्ष देखि सक्रिय भएर पुनः देखा परेका छन ।
लोक संगीतको खानी स्याङजामा जन्मेका गायक एवं संगीतकार दयाराम गुरुङका नेपालको आशँु, भै सक्यो जे हुनु, हाम्रो सालैजो भाका, धोका देकै हो, हाम्रो रोधीघर सालैजो, माकुरी मक्खै र दया एल्बमका गीतहरु सर्वाधिक चर्चामा रहेका छन ।
लोक तथा दोहोरी गायनमा वेस्त बनेका कर्णप्रिय स्वरका धनि गायक दयाराम गुरुङले छिटै पञ्चेबाजा गीत बजारमा ल्याउने र्तखरमा रहेकाछन भने उनका सातओटा एल्बम बजारमा उपलव्ध छन ।