नेपाली कांग्रेसका नेता उपप्रधान एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी बम प्रहार

  मनास्लु पोष्ट  731 पटक हेरिएको


सानेपा (ललितपुर), १७ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्गजामा बम प्रहार गरिएको छ ।
स्याङ्गजाबाट पठाइएको समाचारमा जनाइए अनुसार भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा अपरान्ह ५ः३० तिर उहाँको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको थियो ।
बम प्रहारबाट मानवीय तथा भौतिक क्षति भने नभएको जनाइएको छ । भाग्यवस उहाँको गाडी उहाँको सुरक्षार्थ खटिएको स्कर्टिङ्गको गाडी घट्ना स्थल कटेको २० सेकेण्ड पछि सो विष्फोट भएको थियो ।
करिब १० मिनेट पहिले सोही रुट भएर नेकपा एमाले र बाम गठबन्धनका कार्यकर्ताहरु सबार गाडि गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार