निर्वाचनका लागि आज मध्यरातिदेखि यातायात बन्द, आन्तरिक उडानमा ७५ प्रतिशत कटौती हुने

  मनास्लु पोष्ट  574 पटक हेरिएको

काठमाडौं, २० मंसिर – प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि आज मध्यरातिदेखि यातायात बन्द हुने भएको छ । मतदान हुने ४५ जिल्लामा आज राति १२ बजेदेखि यातायात बन्द हुने भएको हो ।

सरकारले मध्यराति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सबै सवारी चालकलाई आग्रह गरेको छ । भोली मतदान हुने ४५ जिल्लामा गाडी चलाउन नदिने भएकाले आज राति १२ बजेअघि नै गन्तव्यमा पुग्न गृह मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार सुरक्षा निकायका गाडी, चुनावी प्रयोजनको लागि पास लिएका सवारी, एम्बुलेन्स, दमकल, खानेपानी बोकेको ट्याङकर, दूरसंचार सेवा, शव बहान, अस्पताल सेवा र विद्युत सेवा लगायतका अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ ।

आन्तरिक उडान ७५ प्रतिशतले कटौती
दोस्रो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक उडान ७५ प्रतिशतले कटौती हुने भएको छ ।
निर्वाचन हुने क्षेत्रमा अत्यावश्यक सवारी बाहेक अरु सवारी नचल्ने भएकाले आन्तरिक रुटमा ७५ प्रतिशत उडान कटौती हुने भएको हो ।

काठमाडौंबाट हाल दैनिक ३ सय आन्तरिक उडान र अवतरण हुने गर्छ । कटौती हुँदा चुनावको दिन भोलि काठमाडौंबाट बाहिर जाने र फर्कने गरी ७५ हाराहारीमा मात्रै उडान हुने निजी वायुसेवा प्रदायकहरुको संगठन आयोनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार