प्रदेश तथा प्रतिनिधिसभा दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिसत मत खस्यो

  मनास्लु पोष्ट  533 पटक हेरिएको

 प्रदेश तथा प्रतिनिधिसभा दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । ४५ जिल्लामा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदाताहरु उत्साहजनक रुपमा सहभागी हुँदै शान्तपूर्ण र ढंगले मतदान सम्पन्न गरेको आयोगले जनाएको हो ।

आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले सातवटै प्रदेशमा जम्मा ६७ प्रतिशत मत खसेको मनास्लु पोष्टलार्इ बताएका हुन् ।

७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएको हो ।

प्रतिनिधि सभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेश सभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उमेदवार छन् ।

निर्वाचन सम्पन्न गर्नका लागि आयोगले १ लाख ५५ हजार कर्मचार मतदान केन्द्रमा खटिएको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार