नयाँ शक्तिका नेता बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठभन्दा २१५० मतको अग्रता लिएका छन्। २४९७२ मत गनिसक्दा बाबुरामले १२८०५ मत प्राप्त गरेका छन् भने नारायणकाजीले १०७०० मत ल्याएका छन्।
गोरखा २ मा दुई थुप्रोमा मतगणनाको कार्य चलिरहेको छ। एउटा थुप्रोमा भने मुचुल्कामा भन्दा बढी मत पेटिकामा भेटिएपछि मत गन्ने कार्य रोकिएको छ।