गोरखा, २२ मंसिर । गोरखा(२ को शनिबार बिहानसम्मको मतगणना नतिजाअनुसार नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले आफ्नो अग्रता फराकिलो बनाइरहेका छन् ।
शनिबा बिहान ६ मते प्राप्त सार्वजनिक परिणामका अनुसार उनी ३ हजार ६८ मतले आफ्ना प्रतिष्पर्धी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठभन्दा अगाडि रहेका छन् ।
भट्टराईले २० हजार ८ सय ९७ मत ल्याएका छन् भने श्रेष्ठले १७ हजार ८ सय २९ मत प्राप्त गरेका छन् । क्षेत्र नं. २ मा ६० हजार एक सय ९ मत खसेको थियो । बिहान ६ बजेसम्म १८ हजार ९ सय ८७ मत गणना गर्न बाँकी रहेको छ ।