नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा। बाबुराम भट्टराई विजय सुनिश्चित भएसँगै काठमाडौँबाट गोरखा आउँदैछन्।भट्टराईलाई लिन नयाँ शक्तिका कार्यकर्ता तनहुँको आँबुखैरेनीसम्म पुगेका छन्।
गोरखा २ मा आफ्ना प्रतिस्पर्धी माआ्वादी केन्द्रका नारायणकाजीलाई ५७ सय भन्दा बढी मतअन्तरले पछाडि पार्दै भट्टराई विजय नजिक पुगेका हुन्।
कुल ६० हजार मतमध्ये ५६ हजार ६३० मत गणना गर्दा भट्टराई ५७०७ मतले अघि छन्। भट्टराईले अहिलेसम्म २९ हजार ५९९ मत ल्याएका छन् भने माओवादी नेता नारायणकाजी श्रेष्ठले २३ हजार ८७० मत ल्याएका छन्।
भट्टराईको विजयसँगै नयाँ शक्तिले प्रतिनिधि सभामा खाता खोल्ने तयारी गरेको छ।
यता माओवादीका उम्मेदवार नारायणकाजी श्रेष्ठले मतपरिणमको अन्तिम नतिजा नआइसक्दै हार स्वीकार गरी डा भट्टराईलाई बधाइसमेत दिएका छन्।