काठमाडौं । राष्ट्रिय नाच घर जमल काठमाडौमा यहि पौष १ गते शनिवारको दिन बृहत् रुपमा आयोजना हुन लागेको मनास्लु राष्ट्रिय अर्वाड – २०७४ सफलताका साथ सम्पन्न गर्नको लागि आयोजक मनास्लु पोष्ट समुहले काम तीव्र गतिमा सुरु गरेको आयोजकले जानकारी दिएका छन् ।
मनास्लु मिडिया प्रा लिद्धारा सञ्चालित मनास्लु पोष्टको आयोजनामा साहसिक हिमाल आरोही , पर्यटन गाईड, समाजसेवी संस्कृतविद्, उद्दोगी, व्यावसायी, खेलाडी, गायक, गायीका, शिक्षासेवी, पत्रकार, लगाएत बिधाहरुमा “एक विधा एक स्टार” मनास्लु राष्ट्रिय अर्वाड वितरण गरिने भएको छ । गत वर्ष पनि मनास्लु सम्मान–२०७३ सफलतापूर्वक सम्पन्न भयको थियो । उक्त सम्मान कार्यक्रमलाई निरन्तरता दिन यो बर्ष पनि सामाजिक क्षेत्रमा योगदान पु¥याएका व्याक्तित्वहरुलाई सम्मान गरिने भएको छ ।
कार्यक्रम सफलताको लागि करिब २५जनाको जम्बो आयोजक समिति तयार भएकोले यस पटकको कार्यक्रम हरेक दृष्टिकोणले उत्कृष्ट हुने दाबी आयोजकको छ ।
देशमा क्रियाशील सम्पूर्ण सामाजिक संघ सस्था,राजनीतिक संघ संगठन, नेपाली व्यवसायी, तथा नेपाली संगीतप्रेमीहरुलाई कार्यक्रममा उपस्थित भइदिन आयोजकले आहृवान गरेको छ ।
मनास्लु राष्ट्रिय अर्वाडमा क्रियाशील नेपाली कलाकारहरुलाई पनि अवार्डमा सहभागी गराइने आयोजकको तयारी छ भने मनास्लु राष्ट्रिय अर्वाडको लागि निष्पक्ष मूल्यांकन गरिएका बिभिन्न विधाका ब्याक्तिहरुको जीवनी एक तारा प्रकाशन गर्ने तयारी गरेको छ उक्त जीवनी एक तारा बुक कार्यक्रममा सार्वजनिक गरिने बताइएको छ । मनास्लु राष्ट्रिय अवार्ड कार्यक्रममा मौलिकता झल्किने खालको विविध सांस्कृतिक प्रस्तुतिको लागि नृत्य प्रशिक्षण भइरहेको छ ।