वीरगञ्जस्थित सुपर ग्यास प्लान्टमा भीषण आगलागीः ६ कामदार घाइते

  मनास्लु पोष्ट  529 पटक हेरिएको


काठमाडौं, वीरगञ्जस्थित सुपर ग्यासको प्लान्टमा भीषण आगलागी भएको छ। वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्यासको प्लान्टमा बुधबार बिहानदेखि सुरु भएको आगलागीमा कम्तीमा ६ कामदार घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय गण्डक अस्पताल लगिएको छ।

आगो नियन्त्रणको प्रयास जारी रहे पनि ग्यास प्लान्टमा ट्यांकरहरू पड्किएको आवाज आएकोले प्रभावकारी बन्न नसकेको वीरगञ्ज वारुण यन्त्रमा निमित्त प्रमुख शेरबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार आगो निभाउन गएका पाँच मध्ये दुई कर्मचारी सम्पर्कविहीन छन्। आगो निभाउन गएको वारुण यन्त्र पनि जलेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार