ख्यातिप्राप्त चिकित्सक डा. उपेन्द्र देवकोटा लण्डनमा बेहोस, किङ्स कलेज अस्पतालमा उपचार हुदै

  मनास्लु पोष्ट  613 पटक हेरिएको


न्यूरो रोग सम्बन्धी नेपालका ख्यातिप्राप्त चिकित्सक डा. उपेन्द्र देवकोटा लण्डनमा बेहोस भएर ढलेपछि लण्डनकै किङ्स कलेज अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्।नियमित बिरामी जाँच्न लण्डन आएका देवकोटा आफैं एक्कासी विरामी भएपछि अस्पताल भर्ना गरी उपचार सुरु गरिएको लण्डनस्थित नेपाली दूताबासका एक अधिकारीले नेपालखबरलाई बताए। दूताबासका अधिकारीहरूले अस्पताल पुगेर देवकोटाको स्वास्थ्य अवस्था बुझेका छन्।

देवकोटाको उपचार सेन्ट्रल लण्डनको डेनमार्क हिल, ब्रिक्सटोन एसइ५ ९आरएसस्थित किङ्स कलेज अस्पतालमा गुथरी वार्डको क्याबिन नम्बर १९ मा भइरहेको छ। देवकोटा १४–१५ दिनअघि नै अस्पताल भर्ना भएको स्रोतले जनाएको छ।

न्यूरो रोगका ख्यातीप्राप्त चिकित्सक देवकोटा लामो समयदेखि लण्डनको अस्पतालमा नियमित बिरामी जाँच्न आउने गरेका छन्। पूर्व स्वास्थ्मन्त्री समेत रहेका यो पटक पनि नियमित कार्यक्रम अन्तर्गत नै केही दिनअघि लण्डन आएका थिए।

तर बिरामी जाँच्ने क्रममा देवकोटा अस्पतालमा एक्कासी बेहोस भएर ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको दूताबासका एक अधिकारीले बताए।

उनले भने, ‘तर सामाजिक सञ्जालमा हल्ला भएजस्तो नभएर देवकोटाको स्वास्थ्य स्थिति सामान्य नै रहेको छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार