मनास्लु पोष्ट । नेपाली पत्रकारिता र मौलिक लोक संगीत लगाएत म्युजिक भिडियो निर्देशकको रुपमा चम्किदै गरेको नाम हो प्रकाश बराइली ।
बेनि नगरपालिका २ म्याग्दीमा जन्मिएका प्रकाश बराइली हाल म्यूजिक भिडियो निर्देशक र मौलिक लोक संगीत क्षेत्रमा आफुलाई चिनाएका छन । सानै उमेर देखि नाच्न र गाउन भनेपछि हुरुक्कै हुने बराइली स्कुले जीवनमै बिभिन्न कार्यक्रमहरुमा नाच्न र गाउनमा भाग लिएर थुप्रै पुरस्कार कदर पत्र र प्रशंसा पत्र हात पार्न सफल भएका थिए ।
करिब ११ बर्ष देखि पत्रकारितामा हात हालेका बराइलीले काललाई कसले जित्न सक्छर गीतमा शब्द, लय, र अभिनय गरि औपचारिक रुपमा गीत संगीत क्षेत्रमा प्रबेष गरेका थिए । हेर्न जाउन फिलिम, कसले मर्म बुझ्छर, अन्त नजर लाउन छोड्ने हो, जातकै कारण, जस्ता चर्चित गीतहरु बजारमा ल्याएका बराइलीले अहिले सम्म सय भन्दा बढि म्यूजिक भिडियोहरुको निर्देशन गरिसकेका छन भने पाचँ दर्जन भन्दा बढि मौलिक लोक संगीतहरुमा शव्द, लय र आधा दर्जन गीतमा आफ्नो स्वर, रेर्कड गराइसकेका छन ।
बहुप्रतिभाका धनि बराइलीले अहिले सम्म नयाँ पुराना कलाकार सँग काम गरेको भिन्न भिन्नै अनुभव बटुलेका छन भने गीत संगीतमा प्रबेश गर्ने नयाँ कलाकारलाइ दिल खोलेर सहयोग गर्ने बराइलीले छिट्टै बजारमा नयाँ गीत ल्याउने तर्खरमा रहेका छन ।