नेपाली माौलिक लोक संगीतमा प्रबेष गरेकी भुमसरी पुन आफूलाई नेपाली गीतसंगीतका क्षेत्रमा पृथक् पहिचान बनाउँदै छिन् । सांगीतिक क्षेत्रमा सबै किसिमको प्रस्तुति दिएर कलिलो उमेरमै उनले आफूलाई पृथक् पहिचान दिलाउन सक्षम भएकी छन् ।
लोकदोहोरी, गायनबाट चर्चा कमाउँदै आएकी गायिका भुमसरीले आफूलाई उदघोषक का रूपमा प्रस्तुत गरेर झन पृथकता थपेकि छिन ।
सुन छहरी एफ,एम होलेरी रोल्पामा कुसल सञ्चालिकाको रुपमा चिनिने भुमसरी पुनले फेसबुकमा एड गर लोक दोहोरी गीताबट सर्वधिक चर्चामा रहिन । गामबेशी म्युजिक प्रा.लिको प्रस्तुतिमा भुमसरी पुनको स्वर रहेको फेसबुकमा एड गर गीतमा दुर्गेश थापा र रिना थापाले अभिनय गरेको गीत युटुवमा सर्बाधिक रुपमा दर्शकले रुचाएका छन ।
छोटो समयमै सर्वाधिक चर्चामा रहेकी भुमसरी पुनको चुरापोटे,मगरको बस्ति,तातो लाग्यो घाम,यो गाँउकी नानी,कोसिस,जिवन साथी,रामेछापको ठिटो,औठी हिराको,भोट्का,हेटौडाकी गोरखा गीतहरु बजारमा निकै चर्चा बटुल्न सफल रहेको छ । दुई दर्जन भन्दा बढि गीतमा स्वर दिएकी भुमसरीले कर्म र मेहनतलाई विश्वास गर्छिन् ।
देश तथा विदेशका दर्जनौं कार्यक्रममा सहभागिता जनाइसकेकी भुमसरीले फेरि पनि बजारमा नयाँ एल्बमका साथ आउदैछिन । उनी यस गीतलाई पनि सबै श्रोता तथा दर्शकले मन पराइदिनेमा ढुक्क छिन् ।
भुमसरी पुनले मनास्लु राष्ट्रिय अवार्ड २०७४ को सर्वाेकृष्ट जन गायिकाको सम्मान हात पार्न पनि सफल भएकि छिन ।