नेपाली मौलिक लोक सङ्गीत र संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान पू¥याए वापत लोकप्रिय गायक देवीराम रानालाई सर्वोकृष्ट जन गायक अवार्डबाट सम्मानित भएका छन् ।
मनास्लु मिडिया पा.लिद्वारा सञ्चालित मनास्लु पोष्टको आयोजनामा यहि पौष १ गते शनिवार भएको मनास्लु राष्ट्रिय अवार्ड २०७४ बाट सर्वोकृष्ट जनगायकको अवार्डबाट राना सम्मानित भएका हुन् ।
प्रमुख अतिथि पुर्वमन्त्री बालाराम घती मगर अठार मगरात प्रतिष्ठानका अध्यक्ष बम कुमारी बुढा मगर लगायतले रानालाई उक्त पुरस्कार प्रदान गरेका हुन् । सो कार्यक्रममा अन्य देश तथा समाजमा सकारतात्मक योगदान पू¥याउने विभिन्न व्यक्तित्वहरुलाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
दर्जनौ मौलिक गीतहरुमा स्वर भरेका रानका थुप्रै गीतहरु हिट हुनुको साथै स्टेज शो कार्यक्रममा जनताका विचमा निकै चर्चित छन् ।
लामो समय देखि लोक संगीतमा सक्रिय र सफल नाम ल्याउदा रानाको नाम पनि अगाडि आउछ । उनी गाउँमा हुदा नै पढाईका अलावा अतिरिक्त क्रियाकलापमा पनि उतिकै तेज थिए । विद्यालयस्तरमा आयोजना हुने वादविवाद, वक्तृत्वकला, लगायतका साहित्यिक तथा मनोरञ्जनमुलक प्रतियोगीताहरुमा उनी अब्बल थिए । आफैं मादल बजाएर, आफैं गीत गाउन सक्थे । गीत लेख्न र गाउन पनि उतिकै सिपालु । राना रेडियो सुन्न भनेपछि भुतुक्क हुन्थे । उनी भन्छन–‘रेडियो सुनेरै गीत गुनगनाउन सिकें अझ भनौं रेडियो भित्र पसेर कसरी र कहिले गीत गाउने होला भन्ने भावना आयो । गीत गुनगुनाउँदा गुनगुनाउँदै मलाई आफैप्रति विश्वास लाग्थ्यो कि म पनि गायक बन्न सक्छु भनेर ।
गायक बन्ने सपना लिएर काठमाडौं छिरे। गीतसंगीतलाई कर्म र सोखको रुपमा लिएर अघि बढिरहे । पहिलो पटक दोहारी साझँको स्टेजमा गाएको अनुभव पनि लिए । रेडियो नेपालमा स्वर परीक्षा पास भए । दोहोरी साँझमा गायकको रुपमा काम गरेर उनले आफ्नो कला र गलालाई अझ माझ्दै गए।
व्यवसायिक रुपमा उनले ‘एक्लो जीवन फुल्न सकिन गीतबाट गायनमा डेब्यु गरेका हुन् । तर छोडेयौ किन माया लाएर, फुलफुलेको डाली,सुपाको काखैमा,गाउँघरै रमाइलो’ गीतले उनलाई धेरैले चिन्न थाले । त्यसपछि सालैजो, कौडा गीतले त उनलाई अझै चर्चाको शिखरमै पु¥यायो । यो गीतलाई उनी आफ्नो करियरको टर्निङ प्वाइन्ट नै मान्छन । त्यसपछि अरु गीतहरु गाउन गाउन थाले। शुरुशुरुमा गाउँछु भन्दा पनि कम्पनीले नपत्याएको अनुभव छ उनीसँग । तर कर्मशील र सघर्षशील बानीका कारण उनले दुइदर्जनभन्दा बढी गीतमा स्वर भरेका छन । कसैको सिफारिस र अनुरोधमा नभई आफ्नै प्रतिभा, कला र चाहनाले यो क्षेत्रमा होमिएका रानाले संघर्षबाट आफुलाई स्थापित बनाएका छन।
यो समयसम्म पनि आफूलाई संघर्षमै रहेको बताउँछन। पछिल्लो समयमा स्वदेशका कार्यक्रममा बढी समय बिताउँदैछन। कसैको आर्शिवाद अर्थात् भनसुनबाट कुनै पनि स्टेजमा अहिलेसम्म नचढेको उनी बताउँछन। आयोजकको रोजाइमा पर्नलाई चापलुसी गरिरहनु पर्दैन, सभ्य भएर पनि उत्कृष्ट प्रस्तुति दिन सकिन्छ, त्यो विचार गरौं स्टेज पाइन्छ रानाले भने ।
लोकगीत लोकमा पच्ने किसिमको हुनुपर्छ, युरोप अमेरिकाको सभ्यतासँग तुलना गर्नुहुँदैन । परिमार्जन जरुरी छ, तर त्यसको महत्व र मौलिकतामा ठेस पुग्न दिनु हुँदैन । चल्नकै लागि उच्छृंखल बनाउनु हुँदैन । समाजले पचाउने, सकारात्मक सन्देश बोकेको सिर्जना गर्नुपर्ने उनको धारणा छ । नेपालको संगीत क्षेत्र अत्यन्तै कठिन मोडमा छ । स्टेजबाट चलेकालाई त अलिकति राहत नै छ तर स्टुडियोमा मात्र भर पर्नेलाई त अन्धकार नै छ । स्टेजमा गाउनेका लागि पनि यो क्रेज सँधै रहने होइन । स्टेजमा नाम कमाइरहेकाहरु २ – ४ वर्षमा गुमनाम पनि हुनसक्छन्, त्यसैले भविष्यका लागि पनि सोच्नु पर्ने स्थिति छ ।
लोकगायकको परिचय बनाउन सफल भएकोमा आफुप्रति गौरव गछन राना। हुन त उनी सबै विधाका गीतहरु खुलेर गाउन सक्छन, रेकर्ड मात्र नभएको हो । दोहोरीमा काम गर्दा पनि उनले दोहोरी, लोक, लोकपप, आधुनिक लगायतका सबै गीतहरु गाउछन ।