आन्तरिक र बाह्य पर्यटकले पोखरा भरिभराउ

  कल्पना थापा  2362 पटक हेरिएको

पोखरा । क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी पोखरामा आन्तरिक र बाह्य पर्यटकहरुले भरिभराउ भएका छन् ।

झन्डै २ दशकदेखि अंग्रेजी नयाँ बर्षमा सडक महोत्सव आयोजना गरिदै आएको छ। यसवर्ष पनि रेष्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराले डिसेम्बर २८ देखि जनवरी १ सम्म लेकसाइडको ३ किलोमिटर क्षेत्रमा ‘सडकमै खाउँ, सडक मै नाचौं, सडकमै रमाउँ’ भन्ने नारा दिएर महोत्सव आयोजना गर्दैछन्।

वर्षेनी क्रिसमस र नयाँवर्षको समयमा नेपाल भ्रमणमा रहेका पर्यटकहरु बसाइ लम्ब्याएर बस्छन् भने आन्तरिक पर्यटनहरु पनि त्यतिकै मात्रमा मनोरञ्जनका लागि पोखरा भित्रिने गर्दछन् । लेकसाईडका पर्यटनसँग सम्बद्ध होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले क्रिसमस र नयाँवर्षको आगमनसँगै आफ्नो व्यवसायिक प्रतिष्ठानलाई दुलही झैं सिंगारेर आकर्षक बनाएका छन।

प्रत्येक होटल र रेष्टुरेण्टले पनि स्थानीय एवं राष्ट्रिय कलाकार बोलाएर महोत्सवलाई विशेष बनाउने तयारी थालेका छन्। क्रिसमस र नयाँवर्षको अवसरमा होटलहरु धमाधम बुकिङ भइरहेको छ । ‘नयाँ बर्ष र क्रिसमसमा बढी भिडभाड हुने भएकोले आन्तरिक तथा बाह्य पर्यटकले अग्रिम होटल बुकिङ गरेका छन् ।

पोखरामा पर्यटक लक्षित ५ सय भन्दा बढी होटल छन्। साना तथा ठूला पर्यटकीय स्तरका होटलहरुमा २२ हजार भन्दा बढी कोठा रहेका छन्। पोखरामा सञ्चालिन अन्य होटलको सहित २५ हजार भन्दा बढी वेड रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार