मौलिक नेपाली लोक संगीतको दुनिँयामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायक, शब्द, लय संकलक नन्द बहादुर घर्ती मगर लोक पारखीहरुको मनमुटुमा बास बस्न सफल भएका छन ।
लिवाङ न. पा ३ खुमेल रोल्पामा जन्मिएका नन्द बहादुर घर्ती मगर स्कुले जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो गायन प्रस्तुति दिन्थे भने प्रतियोगीतामा भाग लिएर पुरस्कृत भएरै छाड्थे यहि लोक भाका र दर्शक श्रोत्राको मायाले उनले जागिर सगँ सँगै गीत संगीतलाई निरन्तरता दिइरहेका छन ।
उनि काठमाडौ झरे सँगै बिभिन्न कार्यक्रमहरुमा निरन्तर उत्कृष्ट गायन प्रस्तुती दिदै आएपनि नन्द बहादुर घर्ती मगरले २०६० सालमा दिलमा ठाँउ छ लोक दोहोरी गीत रेर्कड गरि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए ।
युवा पुस्ताका आशा लाग्दा गायक÷रचनाकार एवं संगीतकार नन्द बहादुर घर्ती मगरले अहिले सम्म सालैजो, कौडा, टप्पा, सोरठी, भुमे पैसरु लगाएत करिब ५ दर्जन भन्दा बढि मौलिक लोक दोहोरी गीतहरु बजारमा ल्याइ सकेका छन भने उनले एक विधा एक स्टार मनास्लु राष्ट्रिय अवार्ड २०७४ बाट सर्बोकृष्ट रचनाकारको सम्मान हात पारेका छन ।