काठमाडौं । काठमाडौं महानगरपालिको केन्द्रमा रहेको रानीपोखरी मन्दिर २०७२ सालको महाभुकम्पमा भत्किएसँगै पुर्नर्निमाण विभिन्न विवादहरु आईरहेका छन् । उक्त पोखरी निर्माण राजनीतिक खिचातानी पनि देखिदै आएको छ । मेयर शाक्य नेकपा एमाले र उपमेयर खड्गी नेपाली कांग्रेसबाट निर्वाचित पदाधिकारी भएकाले पनि रानीपोखरीमा एमाले र कांग्रेसबीचको विवादका रुपमा लिइँदै आएको हो।
मंगलबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य रानीपोखरी पुगे। रानीपोखरी प्रवेशद्वारमा ताला लागेको थियो।उपमेयर खड्गीले अघिल्लो दिन आफू अवलोकनमा जाने बताएकीले मेयर शाक्यले उनीमाथि शंका गरेका थिए । तर खड्गीले ताला लगाएको अस्विकार गरेकि छिन् । ताला कसले लगाए त, गेटमा सेतो कागज टाँसिएको थियो। त्यसमा ठूलो अक्षरमा लेखिएको थियो–सम्पदामाथि भएको अतिक्रमणको विरोधमा तालाबन्दी ।
मन्दिर परिसर पुगेर सञ्चारकर्मीसँग कुरा गर्दै मेयर शाक्यले भूकम्पपछि पुनर्निर्माणको चरणमा रहेको रानीपोखरी निर्माण चाँडो सकाउन आफूले ठेकेदारलाई दवाव दिइरहेको दावी गरे । सम्पदा सबैको भएकाले यसको निर्माण चाँडै सकाउन आफू लागिपरेको र पुरातत्वसँग छलफल गरेर चाँडै निर्माण अघि बढाउने शाक्यले जानकारी दिए । पोखरी सानो बन्न लागेको भन्ने विषय विवादको चुरो भएको र यसमा कुनै सत्यता नभएको शाक्यले दावी गरे । उनले पोखरी पुरानै आकारमा बन्ने स्पष्ट पारे ।