मनास्लु पोष्ट । श्रोता दर्शको रोजाइमा परेकि मन्धमुग्ध पृथक सुरिलो स्वरको धनि लोक गायिका सरिता छन्त्याल यस बर्ष आयोजना भएको एक विधा एक स्टार मनास्लु राष्ट्रिय अवार्ड २०७४ को सर्वोकृष्ट लोकप्रिय गायिकाको अवार्डद्धारा सम्मानित भएकि छिन ।
सानै उमेरदेखि गायन कलामा निपुर्ण उनि बाग्लुङमा हुने प्राय कार्यक्रमहरुमा छुट्टदैनथिइन । मौलिक लोक संगीतलाइ पछ्याउदै काठमाडौ सम्मको यात्रा तय गरेकी सरिता छन्त्यालले किन गर्छौ तिमले विश्वास घात दोहोरी गीतवाट औपचारिक रुपमा गायन क्षेत्रमा प्रवेश गरेकी थिइन ।
देशका विभिन्न ठाउँको कार्यक्रमहरुमा आफ्नो गायन कला प्रस्तुत गरिसकेकि सरिता छन्त्यालले म हराउछु उनको वानीमा,तिम्रो रुखो वचनले मुटु दुख्याछ, छन्त्याल बाउको छोरी,तिम्रै नाम मुुटु कलेजोमा कोर्दै छु ,अनलाइनमा आउन मेरो सानु,तिमी जुन हौ तिमीनै आखाँमा, गन्तव्यमा पुग्न नपाउदै,मेरो दिलमा छौ सानू,झल्को रोधी घरको मौलिक लोक गीत हरु बजारमा ल्याइ सकेकी छिन ।
बाचून्जेल मौलिक लोक संगीतमै निरन्तरता दिने सोच बनाएकी सरिता छन्त्यालले छिटै नयाँ गीत वजारमा ल्याउने तर्खमा रहेकी छिन ।