बुद्व गुरुङ माथि भएको सांघातिक हमला प्रति नेपाल कम्युनिष्ट पार्टीको कडा चुनौती

  मनास्लु पोष्ट  651 पटक हेरिएको


धादिङ । सिद्धलेक गाउपालिका ५ कुम्पुर चाँपखोला धादिङमा हिजो भएको तमु ल्होसारमा नाचगान भइरहेको स्थलमा राजेन्द्र श्रेष्ठले भिडभाडमा ट्रक चलाएको र नेपाल कम्युनिष्ट पार्टीका नेता क. बुद्ध गुरुङ माथि भएको सांघातिक हमला प्रति नेपाल कम्युनिष्ट पार्टीले आपती जनाएको छ । घटनामा संलग्न सिद्धलेक ५ का राजेन्द्र श्रेष्ठ, हिराबहादुर श्रेष्ठ, राम बहादुर गुरुङ र पदम श्रेष्ठलाई काबाहीको माग गर्दै बिज्ञप्ती निकालेको छ ।
बिज्ञप्तीमा भनिएको छ यदी कुनै परिवेश, परिस्थीतिमा सृजना गरी राजनैतिक संरक्षण गर्ने कोशिस भएमा पार्टी, नेता, कार्यकर्ता र जनताको रक्षार्थ जस्तोसुकै कडा चाल्ने नेपाल कम्युनिष्ट पाटी धादिङले चुनौती दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार